www.tandavnews.com
Fact ~ In search of truth

क्षयरोग दिवसमा रोट्रयाक्ट मनिपालको सचेतना र्‍याली

पोखरा
ताण्डव न्यूज ।

अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा शनिबार पोखरामा र्‍याली निकालीएको छ । रोट्रयाक्ट क्लब अफ मनिपालका विद्यार्थीले दिवसको अवसरमा सचेतनामुलक र्‍यालीको आयोजना गरे ।

Batas

‘विश्वमा क्षयरोगको प्रकोप निर्मुल पार्नलाई नेतृत्वको आवश्यकता र क्षयरोगको अन्त्य गरी इतिहास बनाओं’ भन्ने मुल नारासहित निकालिएको र्याली फुलबारी, नदीपुर, महेन्द्रपुल, चिप्लेढुङ्गा रानीपौवा हुँदै मनिपाल पुगेर सम्पन्न भएको थियो । ८० विद्यार्थीसहित क्लबका सदस्यहरुले पनि कार्यक्रममा सहभागिता जनाएको क्लबका भाइस प्रेसिडेन्ट रमेश तिवारीले बताए ।

नियमीत औषधी सेवन गरे निको हुने सामान्य रोग हो, क्षयरोग । लगाताकार खोकी लाग्नु, तौल घट्नु, सुत्ने बेला पसिना आउनु यस रोगको लक्षण हो । स्वास्थ्य संस्थाहरुमा क्षयरोगको औषधी निशुल्क पाइदै आएको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.