www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल

ताण्डव न्यूज ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साताको सुरुवात नराम्रो हुनेछ । बुधबार लागे पछि आर्थिक क्षेत्रमा सुधार आउनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । शनिबार र आइतबार शत्रु पक्षबाट काम कार्वाहीमा बाधा रहनेछ ।

Batas

अंक/रंग : ९ र १० – सेतो र पहेँलो

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सुरुवाती दिन सुखद रहनेछ । बुधबार लागेपछि काम कार्वाहीमा ढिला सुस्ती र समस्या देखा पर्नेछ । शनिबार र आइतबार सुखद समाचार सुन्न पाइनुका साथै सन्तान सुखको अवसर मिल्नेछ ।

अंक/रंग  १० र ११ – सेतो र हरियो

 

मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, ह)

बोलीको प्रभाव बढ्नेछ । आफन्तबाट सहयोग मिल्नुका साथै मनोवल उच्च रहनेछ । साताको उत्तराधमा केही अनावश्यक झन्झटको सामना गर्नु पर्नेछ ।

अंक/रंग : ५ र ७ – हरियो र निलो

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साताको पूर्वाधमा सोचेको कुरामा सार्थकता पाइनेछ । आर्थिक उपार्जनमा नयाँ अवसर देखा पर्नेछ । पराक्रम बढ्नेछ । साताको अन्त्यमा केही कामहरु अधुरा रहने छन् ।

अंक/रंग : ८ र १ – सेतो र आकाशे निलो

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापारमा घाटा आउनेछ । खर्चमा बृद्धि हुनेछ । बुधबार लागेसँगै काममा सफलता र प्रेममा नयाँ आयम देखा पर्नेछ । साताको अन्त्य तपाईको लागि फलदायी रहनेछ ।

अंक/रंग : १ र २ – रातो र निलो

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोजगारीको अवसर देखा पर्नेछन् । बुधबार लागेसँगै काममा अवरोधको सामना गर्नु पर्नेछ । शनिबार र आइतबार तपाईको लागि सफल दिनका रुपमा लिन सकिन्छ ।

अंक/रंग : ३ र ४ – हरियो र रातो

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

राज्य पक्षका काममा सफलता मिल्नेछ । वैदेशिक कार्य सफल र मानसिक शान्ति हुनुका साथै धार्मिक कार्यमा मन जानेछ । साताको अन्त्यमा खर्च बढ्नेछ ।

अंक/रंग : ४ र ५– कालो र निलो

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पेसागत सफलतामा सम्मान पाइनेछ । विपरीत लिंगीको साथ मिल्नुका साथै उल्लासमय वातावरणमा दिन बित्नेछ । साता सफल रहनेछ ।

अंक/रंग : ५ र ६ – रातो, र हरियो

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

स्वास्थ्यमा बाधा आउनेछ । पारिवारिक अशान्ति आए पनि बुधबार लागेसँगै सुधारका सङ्केत देखा पर्नेछ । साताको उत्तर्राधमा समग्र सबै पक्षमा सफल रहनेछ ।

अंक/रंग : ६ र ७ – पहेँलो र बैजनी

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रेमी प्रेमिका सँगै यात्राको अवसर हुनेछ । कुटुम्बबाट सहयोग मिल्नेछ । बुधबार, बिहीबार मध्यम रहे पनि शुक्रबार र शनिबार आटेको कामले सार्थकता पाउनेछ ।

अंक/रंग  : ८ र ७ – कालो र आकाशे निलोे

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शुत्रको सामना गर्नु पर्नेछ । रोग व्यर्थको डर होला । बुधबार र बिहीबार केही राहत मिले पनि शुक्रबार र शनिबार समस्याको सामना गर्नु पर्नेछ ।
अंक/रंग : ९ र ८ –कालो, र पहेँलो

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसिक शान्ति हुनेछ । पारिवारिक मेल हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति देखा पर्नेछ । बिहीबार स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । साताको अन्त्य सफल नै रहला ।

अंक/रंग : ४ र ५

साताको साइत

सोमबार : पश्चिम र उत्तर
मंगलबार : उत्तर दिशाको सफल
बुधबार : उत्तर र पूर्व
बिहीबार : पूर्व र दक्षिण
शुक्रबार : पूर्व र दक्षिण
शनिबार : यात्रा मध्यम
आइतबार : दक्षिण र पूर्व

 

ज्यो.कमल पौडेल‘ शास्त्री’
सम्पर्क : ९८५६०६२६३२

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.