www.tandavnews.com
Fact ~ In search of truth

नेपाल यातायात मजदुर संघको छैठो महाधिवेशन पोखरामा हुँदै

पोखरा
ताण्डव न्यूज ।

नेपाली कांग्रेस निकट यातायात मजदुरहरुको छाता संघ नेपाल यातायात मजदुर संघको छैठो राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ ।

यही चैत्र १६ र १७ गते पोखराको शान्तिनगर वेङ्क्वेटमा आयोजना हुने महाधिवेशनको नेपाली कांगे्रसका नेताद्वय कृष्ण प्रसाद सिटौलाको प्रमुख आथित्य र डा.शेखर काईरालाको विशिष्ट आथित्यमा कार्यक्रम उद्घाटन हुने भएकाे हाे।

Batas

दुई दिनसम्म चल्ने महाधिवेशनमा सामाजिक सुरक्षा ऐन यातायात क्षेत्रमा लागु गराउन पहल गर्ने, बढ्दो दुर्घटनालाई न्यूनिकरण गर्न सरकारले गर्नुपर्ने दायित्व निर्वाह गर्न पहल गर्ने, यातायात विकास बोर्डको गठन लगायत २३ वटा प्रस्ताव महाधिवेशनले पारित गर्ने संघका केन्द्रीय अध्यक्ष अजय कुमार राईले जानकारी दिए ।

यातायातका विद्यमान समस्याहरुलाई समाधान गर्नका लागि महाधिवेशनबाट गरिने निर्णयहरुले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष राईले बताए ।

महाधिवेशनमा मजदुर संघसँग आबद्ध लण्डन मुख्यालय रहेको इन्टरनेश्नल ट्रान्सपोर्ट वर्कस फेडेरेशनबाट एशिया प्रशान्त क्षेत्रका सहायक सचिव संगम त्रिपाठी र विश्वकै सबैभन्दा अधिक जनशक्ति रहेको भारतीय रेल्वे अल इन्डिया रेल्वेमेन फेडेरेशनका महासचिव शिव गोपाल मिश्राको सहभागिता रहने छ ।

महाधिवेशनलाई भव्य रुपमा सफल बनाउनका लागि चारतको पानीजहाज क्षेत्रमा कार्यरत श्रमिकहरुको ट्रेड यूनियन नेशनल सिफेररस युनियन अफ इन्डीयाका महासचिव अब्दुल गनी सेरांग र इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको प्रतिनिधिसँग साक्षात्कार हुनेछ ।

संघको प्रत्येक चार वर्षमा हुने महाधिवेशनका क्रममा छैठो महाधिवेशनमा सहभागि हुनका लागि देशभरीबाट चार सय जना प्रतिनिधि पर्यवेक्षक उपस्थित रहने संघका केन्द्रीय महासचिव धर्मराज भण्डारीले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.