www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा तेश्रो बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता हुने

पोखरा ।

बुल्समेन क्लब पोखराले आयोजना गर्ने पोखराको प्रतिष्ठित र चर्चित खेल मध्येको एक ‘तेश्रो बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता–२०७५’ को तयारी सुरु गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष नुना गुरुङका अनुसार उक्त प्रतियोगिता २०७५ भदौ १६ गते पोखरामा भब्यका साथ आयोजना गरिने छ । उनले भविष्यका कर्णधार युवाहरुलाई शारिरिक रुपमा जोसिलो बनाउँदै समाजको दिगो विकासमा अघि बढाउन शारिरिक सुगठन महत्वपूर्ण रहेको बताए । उनले शारिरिक व्यायम दिर्घ जिवनका लागि आवश्यक समेत रहेको औंल्याए ।

Batas

पोखरामा हरेक दुई वर्षमा आयोजना हुने बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता सबै खेल प्रेमीहरुका लागि प्रतीक्षाको विषय रहेको अध्यक्ष गुरुङले बताए । क्लबले आयोजना गर्ने तेश्रो संस्करणको प्रतियोगितामा पहिलो पटक महिलाहरुको समेत सहभागिता रहने क्लबले जनाएको छ ।

प्रतियोगितामा देशका करिब १ सय ५० प्रतियोगीहरुको सहभागिता रहने जानकारी दिंदै क्लबले ओभरअल च्याम्पियन एक जनालाई नगद ३ लाख प्रदान गरिने छ । यसै गरि हरेक तौल समूह प्रथम, द्वितिय र तृतीयलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख खर्च लाग्ने बताइएको छ ।

प्रतियोगिता बाट भएको आम्दानीले पोखरा रंगशालमा सुबिधा सम्पन्न तथा आधुनिक व्यायमशाला निर्माण गरिने र यो सबैका लागि सर्वसुलभ हुने क्लबले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.