www.tandavnews.com
Fact ~ In search of truth

दुई दिने राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता हुँदै

पोखरा ।

अपांग खेलकुद समिती कास्की र स्वावलम्वन जीवन पद्धती केन्द्रको संयुक्त आयोजनामा पोखरामा “छैटौ गोर्खा ज्वलेरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता २०७४” हुने भएको छ ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा चैत २० र २१ गते हुने उक्त प्रतियोगितामा ६ तिमको सहभागिता रहने आयोजक मध्येका एक अपांग खेलकुद समिती कास्कीका अध्यक्ष भरत बिक्रम बानियाले जानकारी दिए ।

Batas

प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, जावलाखेल ह्विल चियर स्र्पोट्स क्लब, स्पाइनल कर्ड इन्जुरी स्र्पोट्स एशोसियसन, ह्विल चियर स्र्पोट्स एशोसियसन, नेपालगञ्ज ह्विल चियर खेलकुद संघ र आयोजक एक टिमको सहभागिता रहने आयोजक स्वावलम्वन जीवन पद्धती केन्द्रका अध्यक्ष हेम गुरुङले बताए ।

गोर्खा एण्ड बराह ज्वेलरी एण्डष्ट्रिजको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने टिमले क्रमश नगद ४०, २५ र १५ हजार रुपैयाँका साथमा ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

लिगका आधारमा हुने उक्त प्रतियोगितामा आयोजक पोखराका खेलाडीलाई कटवाल हेल्प नेटवर्क काठमाण्डौले जर्शी प्रदान गरेको छ । प्रतियोगिताको सह–प्रायोजन पोखरा लेखनाथ महानगरपालिकाले गर्ने भएको आयोजकले जनाएको छ ।

स्वावलम्वन जीवन पद्धती केन्द्रका अध्यक्ष गुरुङले पोखरा रंगशालामा निर्माण भएका पूर्वाधारहरु अपांगमैत्री हुन नसकेकोमा गुनासो गरे । उनले साङ्ग व्यक्ती सरह अपांगहरुले पनि खेल्न सक्छन् भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च लाग्ने जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.