www.tandavnews.com
Fact ~ In search of truth

भविष्य माविमा दश लाखको अक्षयकोष

पोखरा ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा चासो बढिरहेको अवस्थामा पोखरा–२१ स्थित भविष्य निर्माण माविमा शिक्षासेवीबाट  नौ लाख ५३ हजार ८३० को अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्ययनरत गरीब एवं जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गरी पढाइमा सहयोग पुर्याउने उद्देश्यले स्थानीयवासीबाट उक्त अक्षयकोष स्थापना भएको हो ।

विद्यालयको आइतबार सम्पन्न ६६ औँ वार्षिकोत्सव समारोहमा विभिन्न सात महानुभावबाट एकै दिनमा चार लाख ३९ हजार २ सय ३० रुपैयाँ बराबरको अक्षयकोष स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए ।

विद्यालयमा यसै क्षेत्रबाट निर्वाचित एवं नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीले बुबा इन्द्रप्रसाद अधिकारीको नाममा आफ्नो व्यक्तिगत एक लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका छन् । अध्यक्ष भुजेलका अनुसार श्रीबहादुर रानाभाटले आफ्ना बुबा चेतबहादुर रानाभाटको स्मृतिमा एक लाख ११ हजार १११, खड्कराज आचार्य र छोरा डा .सिपी र दिपेन्द्र आचार्यले छोरी राधाकुमारी आचार्यको स्मृतिमा  ५५ हजार ५५५, स्व. बुबा भोलानाथ सुवेदीको स्मृतिमा छोरा नारायण (तोरण)र नवराज सुवेदीले ५३ हजारको अक्षयकोष स्थापना गरेका छन् ।

त्यस्तै स्व बुबा जयबहादुर खत्रीको स्मृतिमा छोराबुहारी इन्द्रबहादुर र मिठुबाट ५० हजार, कृस्ति पोखरा मिलन बचत तथा ऋण सहकारी संस्थाबाट ५१ हजार, विद्यालयका संस्थापक स्व टेकबहादुर रानाभाटको स्मृतिमा उनका छोरा रमेशले १५ हजार ५५५, स्व . पति हरिबहादुर ढकालको स्मृतिमा श्रीमती सिनाले ५० हजार नौको अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए ।

पोखरा–१७ राष्ट्र बैंक चोक निवासी तुुलबहादुर गुरुङ र उनकी श्रीमती आशकुमारीले आफ्ना स्व .बुबा लालबहादुरको स्मृतिमा दुई लाख २० हजार, नारायण रानाभाटबाट बुबा बलबहादुरको स्मृतिमा ४० हजार १००, नरेन्द्र रानाभाटले बुबा टेकबहादुरको स्मृतिमा २२ हजार, पोखरा–१७ निवासी इन्द्रबहादुर र सुशीला थापाबाट स्व .नरबहादुरको स्मृतिमा २५ हजारको अक्षयकोष स्थापना भएको अध्यक्ष भुजेलले बताए ।

त्यस्तै खगराज आचार्यले रु ५० हजारको कला र सहित्य अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका लेखापाल फणिन्द्र थापाका अनुसार चन्द्रबहादुर थापा स्मृति अक्षयकोषमा १० हजार, हिराबहादुर कुँवरबाट १० हजार, रम्वी खत्रीले स्व पति तेजबहादुर खत्रीको स्मृतिमा १५ हजार, झपटबहादुर रानाभाटले बुबाआमा तिलकबहादुर र लीलामायाको स्मृतिमा १५ हजार सहयोग गरेका छन् ।

त्यसैगरी तेजबहादुर खत्रीको स्मृतिमा उनका श्रीमतीद्वय राधाकुमारी र कृष्णकुमारी खत्रीबाट १० हजार ५००, धनबहादुर कार्कीबाट २० हजार, आमा मीनुदेवी खत्रीको स्मृतिमा छोरी सीता कार्कीले  १० हजारको अक्षयकोष स्थापना गरेका छन् ।

अक्षयकोषदातालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले वार्षिकोत्सवका अवसरमा आइतबार दोसल्ला र सम्मानपत्रले सम्मान गरे । विसं २००५ मा भाषा पाठशालाका रूपमा स्थापित एवं विसं २००९ मा वैधानिकता प्राप्त गरेको उक्त विद्यालयमा हाल ४०० विद्यार्थी र २१ शिक्षकशिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा हालसम्म कक्षा नर्सरीदेखि आठसम्म अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको छ भने अर्को वर्षदेखि कक्षा ९ सम्म विस्तार गरिने तयारी भइरहेको छ । रासस

सांकेतिक तस्बिर:गुगलबाट

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.