पोखरा ।
कम्प्युटर एसोसियसन नेपाल ( क्यान) मा अवलोकन गर्नको लागि टिकट काटेर प्रवेश गर्ने भाग्मानी दर्शकले ल्यापटप उपहार पाएका छन् ।
लक्की ड्रका आधारमा कुपन नं. २८९०८१३ का दर्शकले ल्यापटप उपहार जितेका छन् । ल्यापटपलाई पाण्डे कम्प्युटरले स्पोन्सर गरेको हो । उक्त कुपनका दर्शकलाई क्यानको सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

फागुन ४ गतेदेखि ५ गतेसम्म चलेको नवौं क्यान इन्फोटिक मेलाको प्रदेश सांसद राजिव पहारीले इन्फोटेकको समापन गर्दै सूचना तथा प्रविधिको विकास अनिवार्य आवश्यकता भएको बताए । सूचना तथा प्रविधि क्षेत्रमा क्यान कास्कीको सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो ।
क्यान केन्द्रका सचिव तथा कास्कीका संस्थापक अध्यक्ष जगन गुरुङले क्यान इन्फोटेकले सूचना तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । क्यान प्रदेश ४ का अध्यक्ष चिन्तामणि बास्तोलाले इन्फोटेकलाई समय अनुसार परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।
इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधि प्रदर्शनी तथा बिक्री गरिएको थियो । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय २० वटा स्टलहरु थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.