www.tandavnews.com
Fact ~ In search of truth

बढेन लसुन र प्याजको उत्पादन

ललितपुर(रासस)

उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् ।

नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो ।

Batas

काठमाडौँ उपत्यका र त्यस आसपासमा असोज–कात्तिकमा लसुन रोपेर वैशाख–जेठमा टिप्ने गरिन्छ । छ÷सात महिनासम्म उत्पादनका लागि कुर्नुपर्ने भएकाले किसानले त्यसको सटटृा सागपातबाट २० दिनदेखि, काउलीबाट ६० दिनदेखि र आलुबाट ९० दिनदेखि उत्पादन लिन थाल्ने जानकारी दिंदेै उहाँले भन्नुभयो, “नेपालमा व्यावसायिक किसान बढ्दै छन् र उनीहरु छोटो अवधिमा नै नगद हातमा पर्ने तरकारी मात्रै लगाउन चाहन्छन् ।”

एक दशकयता अरु खालका तरकारीको आयात ह्वात्तै घटे पनि लसुन र प्याजको भने बढेको छ । भारतबाट सस्तो मूल्यमा भित्रने हुँदा किसानले सस्तोमा बिक्री गर्नुपर्ने चिन्ताले कम मात्रामा लसुन र प्याज रोप्ने गरेका हुन् । लसुन र प्याजमा आत्मनिर्भर बनाउने हो भने सरकारले नै किसानलाई प्रोत्साहनका कार्यक्रम गर्नुपर्छ । उहाँले भन्नुभयो, “हामीले किसानलाई घाटा हुँदैन भनेर विश्वस्त नबनाएसम्म हामी यी उत्पादनमा आत्मनिर्भर बन्न सक्दैनौँ ।”

तथ्यांकले आयात बढी देखाए पनि नेपाल धेरै खालका तरकारीमा भने आत्मनिर्भर छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.