www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-१० का वडा सदस्य श्रेष्ठ र पूर्व अध्यक्ष ढासा पक्राउ

पोखरा
ताण्डव न्यूज ।

नागरिकता बनाउन झुटो विवरण पेश गर्न साक्षी बसेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–१० का वडा सदस्य सम्मर श्रेष्ठ र पूर्व वडा अध्यक्ष मनबीर गुरुङ ढासालाई पक्राउ गरेको छ ।

२०७० साल पुस १७ गते मिलन परियारको नाममा नागरिकता बनाउँदा साक्षी बसेको भन्दै उनीहरु सहित अन्य ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेका हो । यही चैत १२ गते उनीहरुलाई कास्की प्रहरीले हिरासतमा लिएको हो ।

Batas

दुई पटक वडा अध्यक्ष भईसकेका ढासा समाजसेवी हुन भने वडा सदस्य श्रेष्ठ लायन्स क्लव लगायत दर्जन बढी सामाजिक संघ संस्थाको आबद्ध छन् ।

मिलनलाई नागरिकता निकाल्न सहयोग गर्ने सासुआमा मनकुमारी परियारलाई पनि हिरासतमा लिएको छ । मनकुमारीले ज्वाँई मिलनलाई छोरो बनाई झुठो विवरण तयार पारि नागरिकता बनाई दिएको भन्ने उजुरी जिल्ला प्रसाशन कार्यालय कास्कीमा परेको थियो । मनकुमारी र ज्वाँई मिलन विरुद्ध उजुरी भने मनकुमारीकै श्रीमान् धनजीत परियारले दिएका हुन् ।

धनजीत विदेश भएका बेला श्रीमतीले ज्वाँईलार्ई पोखराबाट नागरिकता बनाउनु सजिलो हुने भन्दै नक्कली कागजात तयार पारेकी हुन् । सोही अनुसार साक्षी बसेकालाई समेत प्रसाशनले पक्राउ गर्न निर्देशन दिएको हो ।

श्रीमान् धनजीत विदेश भएको वेला मनकुमारीले ज्वाँईलाई छोरा बनाई नगरिकता बनाई दिएको एक स्रोतले बतायो । स्रोतका अनुसार ज्वाँई मिलनले एक दिन रक्सी खाएर ससुरा धनजीतसँग अंश मागे । अंश नदिए उल्टो उजुरी दिने भन्दै धम्काएपछि वास्तविकता खुलेको हो ।

त्यसपछि धनजितले नागरिकता पाए अनि उनीले ज्वाँई विरुद्ध उजुरी दिएका हुन् । पक्राउ परेको विरुद्ध झुठा विवरण पेस गरि नागरिकता बनाएको मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोरङ घर भएका मिलन विदेश जान नागरिकता बनाएको भन्ने खुल्न आएको छ । घर टाढा भएको हुनाले पोखराबाट छिटो हुने भनेपछि सासु आमा मनकुमारीले नागरिकता बनाई दिएको प्रहरी स्रोतले बतायो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.