www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगर : अफिस टाइममा ‘नो फेसबुक’

पोखरा ।

पोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि मेयर मानबहादुर जिसीको निर्देशनमा फेसबुक बन्द गरिएको हो ।

बिहान सवा १० बजेदेखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।

Batas

उनका अनुसार आइतबारबाट नै उक्त समयमा फेसबुक नचल्ने बनाइएको छ । व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको सयममा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने मेयर मानबहादुर जिसीले बताए ।

इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.