www.tandavnews.com
Fact ~ In search of truth

मिस क्विन लेखनाथ विजेता ज्योतीले पाईन् स्कूटर

पोखरा ।

तेस्रो स‌स्करणको मिस क्विन लेखनाथ २०७४ की विजेता ज्योती खत्रीले सुजुकी व्राण्डको स्कूटर प्राप्त गरेकी छन् । गत मसिर १४ गते सम्पन्न भएको मिस क्विन लेखनाथकी विजेता केसीले २ लाख पर्ने स्कूटर प्राप्त गरेकी छन् ।

साथमा उनले पोखरा इन्टरनेटवाट १ वर्ष सम्मको निशुल्क इन्टरनेट समेत प्राप्त गरेकी छन् । पुरस्कार वितरण कार्यक्रममा वोल्दै हिमालयन अटो वर्ड पोखराका प्रवन्ध निर्देशक ध्रुव थापाले यस्ता खालको कार्यक्रमले युवतीहरुमा अन्तर निहित क्षमताको प्रस्तफूटन गर्ने हुँदा भाग लिनु राम्रो भएको वताउनु भएको छ ।

Batas

तेस्रो सस्करण सम्म आईपुग्दा मिस क्विन लेखनाथमा पहिलो सुलोचना श्रेष्ठ र दोस्रो अनुराधा लामीछाने वन्न सफल भएकी छन् । लेखनाथ क्षेत्र भित्रमा आफू भित्र भएको प्रतिभा प्रफूटन र व्यक्तित्व विकासमा उल्लेख्य भूमिका खेलेको मिस क्विन लेखनाथ, लेखनाथ कै व्राण्ड वन्न सफल भएको छ ।

साथै फस्ट रनर अप सव्रीना ओलीले नगद ५० हजार र सेकेन्ड रनर अप दिपा आचार्यले नगद ३० हजार प्राप्त गरेकी छन् । प्रत्येक वर्ष लेखनाथमा हुने मिस क्विन प्रतियोगिताले सात तालको वाटिका शहर लेखनाथलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ ।

साथै अव चौथौ सस्सकरणको फाइनल कार्यक्र लेखनाथमा नै गर्ने आयोजक सस्था लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक सन्दिप पौडेलले जानकारी दिनु भयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.