www.tandavnews.com
Fact ~ In search of truth

‘सहकारीमा राजनीति ढोका बाहिरै’

आजभन्दा १७ वर्ष अगाडि कस्केली सहकारी अभियान सहकारी संघसंस्थाहरुलाई गोलबन्दन गर्ने छाता संगठनको हो । कास्की जिल्लामा एउटा जिल्ला सहकारी संघ छ भने त्यस भित्र पाँचवटा अन्य विषयगत सहकारी छन् ।

कास्की बचत संघको बाक्लो उपस्थिति के अर्थमा भने यहाँ भएका ६ सय भन्दा बढी सहकारीमा ३ सय ४९ कास्की बचत तथा ऋणको सदस्य हुने खालका छन् ।

अन्य विषयगतमा कृषि सहकारी संघ, कफि संघ, सप्तगण्डकी दूध उपात्दन संघ र उपभोक्ता संघ गरी पाँचवटा सहकारी संघ छन् । अहिले कास्कीमा सहकारी २ लाख ६२ हजार सहकारीका सदस्य छन् भन्ने तथ्यांक आएको छ । यो अभियानले दुई हजार जनालाई प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । कास्कीमा रहेका सहकारी संस्थाहरुले ६ अर्व ६९ करोडको सेयर पूजी संकलन गरेका छन् भने २१ अर्व ५० करोड निक्षप र २५ अर्व २२ करोडको लगानी गर्न सफल भएको छ ।

Batas

सबै भन्दा बढी सेयर सदस्य रहेको र कारोवारको हिसावले पनि कास्की अगाडि रहेको छ । देशभरीको कुरा गर्दा ३४ हजार ५ सय १२ वटा सहकारी संघसंस्था रहेका छन् । यो अभियानले आजको मितिमा ४ प्रतिशत भन्दा बढी जिडिपिमा हाम्रो योगदान छ भन्ने दाबी सहकारीकर्मीको छ । करिब ३ सय अरब निक्षप र यही मात्रामा ऋण तथा लगानी तथा ७५ अर्वभन्दा बढीको सेयर संकलन गरका छौं भने ६० हजार ५ सय १२ जनालई प्रत्यक्ष रोजगारी दिएको छ ।

यो भन्दा सुखद र राम्रो कुरा के छ भने पनि बैंक तथा वित्तिय संस्थाको जति सुकै विज्ञापन गरेपनि ४२ प्रतिशत भन्दा बढी यस क्षेत्रमा छैनन् । सहकारी संघसंस्थाको उपस्थिति त्यो हिसावमा बढी छ । ग्रामिण भेगमा बंैक आकर्षण छैनन् त्यहाँ सहकारीको उपस्थिति बढी छ । देशको कुल वित्तिय कारोबारमा २० प्रतिशत भन्दा बढी योगदान सहकारी क्षेत्रको छ । यसमानेमा यसको क्षितिज सुनौलो छ ।

सहकारीकर्मीहरुको लागि नयाँ ऐन आएको छ । यो ऐनमा सबै मागेका कुराहरु पाएका छैनौं । यहाँबाट संघसंस्था मिलेर विशिष्टि संघहरुको स्थापना गर्ने र त्यहाँबाट उत्पादनमा जाने लघु जलउद्योग, कृषिका ठूला फार्महरु, दुग्ध उत्पादनलाई पनि बचत तथा ऋणमा जान पाइने सहजता यो ऐनले गर्दिएको छ । यद्यमी नियमवाली संघारमा छ यसमा केही कुरा तलमाथि हुने अवस्था रहला तर हामी खुशी छौं । यो अभियानबाट साच्चीकै देश समृद्ध हुन्छ भन्ने यो ऐनलाई लिएका छौं ।

सन् १८४४ मा बेलायतबाट सुरु भएको सहकारी अभियान हाम्रो देशमा आइपुग्दा करिब १ सय १२ वर्ष पछाडि प¥यौ । त्यो बेलासम्म युरोपको विकास र हाम्रो पूर्व र पश्चिमको विकास वराबर स्थितिमा थियो । पाटनको कृष्ण मन्दिर बन्दा खेरी अमेरिका भन्ने देश नै पत्ता लगाएको थिएन् । पछि उनीहरुले यो सहकारी अभियानलाई बुझे । ठूला युद्ध पनि भए । तरपनि उनीहरुले सहकारी अभियानलाई चलाएनन विकास भइराख्यो ।

दुभाग्य नेपालमा भने सुरु नै ढिला भयो अर्को कुरा २०१३ मा सुरु भएपनि ४ वर्षपछि देशमा राजनीतिक परिवर्तनले एकहिसावले हस्तक्षेप समेत भयो । एकदलिय शासनको सुरु भएर भर्खरै जन्मिएको सहकारी बन्द गरियो । करिब ३० वर्ष यसको रुप आकार गतिविधि थामियो । २०४६ को परिवर्तनपछि ०४८ को ऐन र ०४९को नियमवाली पछि बल्ल यसले गति समायो ।

विकासको सन्दर्भमा पनि जुन हिसावले यसको गुणात्मक विकास हुनुपर्ने हो त्यो हुन सकेन् । केही भएन भन्ने होइन, हिजो बंंैक बित्तिय संस्थाहरु द्धन्द्धकालमा सबै सेन्ट्रलाइज भएको बेलामा पनि सामान्य सहकारीले गाउँमा बसेर सेवा दिइरहेको अवस्था थियो । आज धेरै कुरामा राम्रा सहकारी आएका छन् ।
कास्कीको सन्दर्भमा मासु, दूध, तरकारीमा आत्मनिर्भर भएको देख्छौं । राजधानीमा त्यति धेरै जनसंख्या छ कृषि, दूध सहकारीले धादिङ,

नुवाकोट र काभ्रेपलाञ्चोकबाट पु¥याएर यता पनि आउने गरेको छ । संख्यात्मक रुपमा राम्रो भएको छ अब यसमा नेतृत्व विकास, तालिमको आवश्यक पनि छ । प्रत्येक प्रारम्भिक संस्थाबाट राजनीतिक सुरु भएको छ, सहकारीमा राजनीतिलाई ढोका बाहिर खोलेर पस्ने ग¥यौ भने यो अभियानले मूर्त रुप लिनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.