www.tandavnews.com
Fact ~ In search of truth

‘अष्ट्रेलिया, अमेरिका र जापानका ख्यातिप्राप्त युनिभर्सिटीसँग समन्वय गरेका छौं’

footware

सन् २००९ देखि पोखरामा मुख्य कार्यालय स्थापना गरी सञ्चालनमा आएको किङ्गफिसर एजुकेशनल कन्सल्टेन्सीले सन् २०१७ मा जापानको टोकियो स्थित सिन्जुकुमा आफ्नो शाखा विस्तार गरिसकेको छ । कन्सल्टेन्सीले अमेरिका, अष्ट्रेलिया, जापान र यूरोपका विभिन्न मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि परामर्श तथा भिसा प्रोसेसिङ गर्दै आइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर युवराज पौडेल किङ्गफिसर एजुकेशनल कन्सल्टेन्सीका संस्थापक/प्रबन्ध निर्देशक हुन् । कन्सल्टेन्सीले स्थापना भएको समयदेखि हालसम्म एक हजार भन्दा बढी विद्यार्थीलाई विभिन्न देशका विभिन्न विश्वविद्यालय एवं कलेजहरुमा उच्च शिक्षाका लागि परामर्श तथा भिसा प्रोसेसिङको अनुभव संगालि सकेको छ ।

व्यवसायीक अनुभव सँगै विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल किङ्गफिसर सेवाको किसिमले पनि पोखरामा अग्रस्थानमा छ । कन्सल्टेन्सीले नयाँ वर्ष ०७५ को आगमनसँगै बुटवल, चितवन र काठमाण्डौंमा समेत शाखा कार्यालय राख्ने योजना बनाएको छ । यसै सन्दर्भमा कन्सल्टेन्सीले प्रदान गरिरहेको सेवाका बारेमा ताण्डवकर्मी ईश्वर देवकोटाले कन्सल्टेन्सीका प्रबन्ध निर्देशक पौडेलसँग गरेको कुराकानी ।

Batas

कन्सल्टेन्सीले कस्तो सेवा प्रदान गर्दै आईरहेको छ ?

हामीले मुख्य गरी अमेरिका, अष्ट्रेलिया, जापान र यूरोपका विभिन्न मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिँदै आएका छौं ।

जापानीज, आइएलटीएस, टोफेल र अंग्रेजी भाषाका कक्षाहरु पनि नियमित सञ्चालन गर्दै आइरहेका छौं । साथै, परामर्श दिइने देशहरुमा भिसा प्रोसेसिङको काम समेत गर्दै आएका छौं ।

कुन–कुन देशका विश्वविद्यालय/कलेजसँग समन्वय गरि काम गर्नु भएको छ ?

अष्ट्रेलियाको लागि हार्वड, स्काईल्याण्ड, आरजिआईटी अष्ट्रेलिया, एआइभिटी, एआईटी विश्वविद्यालय, जापानका लागि टोकियोमा अवस्थित आइसिए, न्यू ग्लोबल, यूचचुगी, टोकियो बेसाइड, मिड्रिम, फुजी, चियोडा, टोकियो रिभर साइड, फुकुओका स्थित लागि निसीनियोन, क्यूसुइसु गाक्कान, साकुरा, सुन्की लगायत जापानका ख्याती प्राप्त ४० बढी भन्दा स्कुल तथा कलेजहरुमा प्रत्यक्ष सम्पर्क मार्फत सेवा दिने गरेका छौं ।

अमेरिका स्थित क्लिभ ल्यान स्टेट युनिभर्सिटी, लिंकन युनिभर्सिटी, मेरी भिल्ली युनिभर्सिटी, मार्सल युनिभर्सिटी, साउटर युनिभर्सिटी, विचिता स्टेट युनिभर्सिटी लगायत सय भन्दा बढी युनिभर्सिटीसँग समन्वय गरेका छौं । त्यसैगरी युरोप तर्फ डेनमार्कका लागि नील्स वर्क विजनेश कलेज अफ कोपनहेगनसँग समेत सहकार्य गरेका छौं ।

विद्यार्थीका लागि कस्ता शैक्षिक कार्यक्रमहरु अफर गर्नु भएको छ ?

अमेरिका र अष्टे«लयाको लागि नर्सिङ, एकाउन्टिङ, आईटी, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, कुकरी, डेन्टल, सोसियल वर्कका विषयहरुमा डिप्लोमा, एड्भान्स डिप्लोमा, ब्याचर्लस र माष्टर डिग्रीका कार्यक्रमहरु साथै जापानको लागि भाषाका कोर्षहरुमा अफर गर्ने गरेका छौं ।

उच्च शिक्षा लागि कुन देशमा कति योग्यता भएको विद्यार्थीले अप्लाई गर्न पाउँछ ?

विदेश पढ्न जान चाहने विद्यार्थीले नेपाल सरकारबाट मान्यता प्राप्त कलेजबाट जुनसुकै विषय लिएर भए पनि कम्तिमा प्लस टु पास गरेको हुनुपर्छ । अमेरिकाको हकमा विद्यार्थीले प्लस टुमा ५५ प्रतिशत नतिजा ल्याएको र आइएलटीएसमा ६ स्कोर ल्याएको हुनुपर्छ ।

अष्टे«लियाको लागि प्लस टुमा ६० प्रतिशत र आइएलटीएसमा ६ स्कोर प्राप्त गरेको हुनुपर्दछ । जापानका लागि भने केही सहज हुन्छ । विद्यार्थीले जापान जानुपूर्व नै जापानीज भाषाको कम्तिमा १५० घण्टाको कक्षा लिएको हुनुपर्दछ । युरोपको लागि पनि सहज नै छ । जसका लागि विद्यार्थीले प्लसटुमा सेकेण्ड डिभिजन प्राप्त गरेको छ, भने अप्लाई गर्न सक्दछ ।

कति सम्म आर्थिक स्रोत भएको विद्यार्थीले विदेश पढ्न जान चाहने इच्छा पूरा गर्न सक्छ ?

नेपाली विद्यार्थीका लागि देश अनुसारको विश्वविद्यालय, कलेज र स्कुलको लाग्ने शुल्क फरक फरक रहेका छन् । सामान्यतया एउटा विद्यार्थीले अष्टे«लियाको हकमा १० देखि १२ लाख सम्म खर्च गर्नुपर्ने देखिन्छ । जसमा एक वर्षको कलेज फि, प्लेन टिकट र ट्राभल चेक समावेश भएको हुन्छ । त्यस्तैगरी अमेरिकाको लागि १२ देखि १५ लाखसम्म लागत लाग्ने गरेको छ ।

जसमा एक वर्षको कलेज फी, प्लेन टिकट, ट्राभल चेक र एक महिनाको होस्टेल फी समावेश भएको हुन्छ । त्यस्तैगरी जापानको लागि शहर र कलेज अनुसार फरक फरक भर्ना शुल्क लाग्ने भएको हुँदा १० देखि १३ लाख रुपैयाँ लागत लाग्दछ । जस मध्ये एक वर्षको कलेज फी, ६ महिनाको होस्टेल फी, प्लेन टिकट, ट्राभल चेक र सपिङ जोडिएको हुन्छ ।

युरोपको लागि भने विद्यार्थी जान चाहेको देश अनुसार ६ लाख देखि १० लाखसम्म लागत लाग्ने गरेको छ ।

विदेश पढ्न जान चाहने विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ?

विद्यार्थीले आफू जान चाहेको देशको बारेमा पर्याप्त जानकारी राख्ने, आफू जान चाहेको कलेज र त्यहाँ पढिने विषयको बारेमा जानकारी लिने, पढाई खर्च र बसाई साथै अन्य खर्चका बारेमा यथेष्ट जानकारी लिई अभिभावकसँग सल्लाह गर्ने । म पढ्न गएको हुँ र पढेपछि स्वदेश मै फर्की सिकेको ज्ञान र सीपलाई नेपालमै विषयगत क्षेत्रमा कार्यान्वयन गर्छु भन्ने लक्ष्य राख्न सल्लाह दिन्छु ।

सफलताको लागि के चाहिन्छ ?

सफलताको लागि दृढ संकल्प र लक्ष्यका साथ आत्मविश्वासी हुने, कुनै पनि कार्यका लागि क्षमता बनाउने, योजना बुन्ने, परिवर्तन अबलम्बन गर्ने, चुनौतीको सामना गर्न तयार रहने प्रवृतिको विकास ग¥र्यो भने मानिस सफल हुन सक्दछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.