www.tandavnews.com
Fact ~ In search of truth

टेनिस प्रशिक्षण दिन शरद लामा पोखरामा

पोखरा,

नेपालका अग्रज टेनिस प्रशिक्षक शरद लामा टेनिस प्रशिक्षण दिन पोखरा आएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित एक हप्ते प्रशिक्षणमा उनले विभिन्न चारवटा तहमा तालिम दिने संघ कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।

आइटीएफ टु लेवल गरेका पूर्व राष्ट्रिय खेलाडी लामाले जुनियर, सिनियर, भेट्रान्स खेलाडी तथा कास्कीका टेनिस प्रशिक्षकहरुका लागि पनि प्रशिक्षक प्रशिक्षण तालिम दिनेछन् । प्रशिक्षणमा सबै तहका गरि झण्डै सय जना खेलाडीहरुको सहभागिता रहेको छ ।

Batas

‘हामी भौतिक रुपमा सक्षम बन्दैछौं, तर खेललाई नियमितता प्रदान गर्नका लागि टेनिसमा नयाँ खेलाडी ल्याउन आवश्यक छ, त्यसैले यो तालिमको आयोजना गरेका हौं’ अध्यक्ष कायस्थले भने ।

पोखरा रंगशालाभित्र आएपछि संघ कास्कीले पाँचवटा क्ले कोर्ट बनाइसकेको छ भने कार्यालय भवन तथा प्यारापिट पनि बनाएको छ । अब छिट्टैनै दुई वटा हार्डकोर्ट निर्माण हुने संघ कास्कीका कोषाध्यक्ष राजु गुरुङ्गले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.