पोखरा,
नेपाली नयाँ वर्षको छेको पारेर पोखरामा विशेष ‘फेशन शो’ हुने भएको छ । ‘गोल्डेन फेशन नाइट’ नाम दिएर पोखरा जिरोकिलोमिटर स्थित गोल्डेन हाउस पार्टी प्यालेसले ‘फेशन शो तथा म्युजिकल नाइट’ कार्यक्रमको आयोजना गरेको हो ।
नयाँवर्षको अघिल्लो साँझ चैत ३० गते पार्टी प्यालेसकै हलमा कार्यक्रम हुनेछ ।गोल्डेन हाउसले पहिलोपटक आयोजना गरेको यो फेशन नाइटमा पोखराका चल्तीका १२ जना मोडलहरु ¥याम्पमा उत्रिँदैछन् ।
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
त्यस्तै गायक तथा संगीतकार योगेश काजी बिसीको विशेष साँगीतिक प्रस्तुति पनि रहने आयोजक गोल्डेन हाउस पार्टी प्यालेसका सञ्चालक प्रकाश मल्लले जानकारी दिए ।
त्यो सँगै सारेगम कला केन्द्रको विशेष साँस्कृतिक प्रस्तुति पनि कार्यक्रमको प्याकेजभित्र रहेको उनले बताए । सुस्मिता पुनको कोरियोग्राफि रहने फेशन नाइटमा मुस्कान सुनार इभेन्ट डिजाइनरको रुपमा रहेकी छन् ।
फेशन शोसँगै साँगीतिक तथा साँस्कृतिक कार्यक्रमका प्याकेज रहने कार्यक्रममा उपस्थित सम्पूर्ण ग्राहकहरुका लागि पार्टी प्यालेसले विशेष खानपिनको व्यवस्था समेत गर्नेछ ।
‘नेपाली नयाँ वर्षलाई विशेषगरि हाम्रा ग्राहकहरुसँगै मनाऔँ भन्ने हेतुले हामीले यस्तो अवधारणा अगाडि सारेका हौँ,’ मल्लले भने, ‘त्यो बाहेक फेशन नाइटबाट उठेको रकममध्ये नाफा रकम हामीले सामाजिक उत्तरदायित्व वहन गर्ने हिसाबले छुट्याएका छौँ ।’
उनले पोखरामा बन्ने भनिएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणार्थ सो रकम सहयोग गर्ने पनि जानकारी दिए ।
‘नेपाली पास्ता’को मुख्य प्रायोजनमा हुने ‘गोल्डेन फेशन नाइट’लाई स्याङयोङ मोटरले समेत स्पोन्सर गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.