www.tandavnews.com
Fact ~ In search of truth

शिक्षा क्षेत्रमा ‘एक्सपर्ट फाउण्डेशन’को जोड

पोखरा
ताण्डव न्यूज । 

 

एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालिले सन् २००३ मा अष्टे«लियाको सिड्नीमा प्रधान कार्यालय स्थापना गरि नेपाल र विश्वका विभिन्न मुलुकहरुमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

एक्स्पर्टको हालसम्म २८ वटा शाखा कार्यालयबाट अष्टे«लियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीकाहरु लागि निःशुल्क परामर्शसँगै भिसा प्रोसेसिङको लागि सेवा दिँदै आएको छ । यसै सन्दर्भमा एक्स्पर्टका फाउण्डर/चियर मेन बद्री अर्यालसँग एक्स्पर्टले गरिरहेका काम र योजनाका बारेमा कुराकानी गरेका छौं । 

एक्स्पर्टको स्थापना कसरी भयो ? 

म र मेरो साथि सञ्जिव शर्मा सन् १९९६ मा अष्टे«लिया पढ्नको लागि गएका थियौं । नेपालबाट अष्टे«लियामा पढ्न आउनको लागि हामीले धेरै मेहनत गर्नु प¥यो ।

त्यसै कारणले गर्दा पनि हामीले पढाई सकेपछि अब नेपालबाट आउने विद्यार्थीलाई उचित परामर्श दिई गुणस्तरीय विश्वविद्यालयमा पढ्न पाउने वातावरण तयार गर्न झण्डैं १५ वर्ष अगाडि मेरो र साथि सञ्जिवको पहलमा एक्स्पर्टको स्थापना भएको हो । हामीले विद्यार्थीलाई उच्चतम सुविधा उपलब्ध गराउने हेतुले अष्टे«लिया मात्रै सेवा दिँदै आएका हौं । 

वैदेशिक शिक्षामा जान चाहने विद्यार्थीका लागि फोकस्ड गरेर परामर्श र भिसा प्रोसेसिङको सेवा दिने कन्सल्टेन्सी सयौंको संख्यामा खुलेका छन् । एक्स्पर्टले यो भीडमा आफूलाई कसरी परिभाषित गरेको छ ? 

विशेषगरी एक्स्पर्टको कुरा गर्ने हो भने, म र मेरो साथि सञ्जिव विगत २२ वर्षदेखि अष्टे«ेलियाका शैक्षिक पद्दती, सामाजिक वस्तुस्थिती लगायत अन्य कुराहरुलाई अत्यन्तै सुक्ष्म तवरले नियाली रहेका छौं ।

नेपाली विद्यार्थीहरुका लागि अष्टे«लियाका कुन कलेज वा विश्वविद्यालयमा पढ्न पठाउँदा उचित हुन्छ । उनीहरुका लागि कस्तो किसिमको करियर काउन्सिलिङ आवश्यक छ । यी सबै दायित्व एक्स्पर्टले लिएको छ । अष्टे«लियामा हुँदासम्म हामीबाट सेवा लिएका विद्यार्थीलाई आइपर्ने कुनैपनि समस्या होस् त्यसप्रति निर्वाह गर्नुपर्ने भूमिका एक्स्पर्टले गर्दछ ।

त्यसैले पनि हामी व्यवसायीक यात्रामा डेढ दशक पार गरिसक्दा पनि हामीले सेवा दिएका विद्यार्थी अभिभावक हाम्रो जिम्मेवारी प्रति आभारी हुनुहुन्छ ।

एक्स्पर्ट फाउण्डेशनको पनि स्थापना भयो भन्ने सुनेका थियौं । कहिले र के उद्देश्य लिएर फाउण्डेशनको स्थापना गर्नुभयो ? 

एक्स्पर्ट फाउण्डेशन हामीले नेपालमा गएको महाभूकम्प–२०७२ पछि गरेका हौं । हामी अष्टे«लियामा थियौं । भूकम्प गएपछिको भावविहल अवस्था हामीले त्यहाँबाट हेरिरहन सकेनौं ।

मनबाट नै केही सहयोग गरौं न भन्ने भावना जागृत भयो । अकस्मात् हामी सल्लाह ग¥यौं । फाउण्डेशनको अवधारणा सो सयममै ल्याएका हौं । भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै राहत आवश्यक थियो । हामीले तीनदिन भित्र करिव २६ लाख बराबरको राहत कार्यक्रम लिएर आयौं फाउण्डेशन मार्फत नै ।

यसरी भूकम्पमा स्थापना भईसकेपछि यसलाई दीर्घकालीन बनाउनु पर्दछ भनेर लाग्यौं । फाउण्डेशनका लागि एक्स्पर्टमा जति पनि आबद्ध म्यानेजिङ मेम्बर, कर्मचारी हुनुहुन्छ । सबैबाट एक हजार रुपैयाँ जम्मा हुन्छ र सबै सदस्य रहन पाउने गरी अगाडि बढाएका छौं ।

साथै, हामीबाट भिसा लागेका विद्यार्थीको एक हजार रुपैयाँ फाउण्डेशनमा जम्मा हुन्छ । अष्टे«लियामा पनि हामीबाट सेवा लिएका विद्यार्थीको दश डलर फाउण्डेशनमा जम्मा हुने व्यवस्था छ । फाउण्डेशनलाई सामाजिक हितमा लागू गर्ने गरी हामीले फाउण्डेशनलाई वृहत बनाउँदै लगेका छौं । 

फाउण्डेशन मार्फत हामीले सिन्धुपाल्चोकमा एउटा स्कुल निर्माण गरिसकेका छौं । हामी शिक्षा क्षेत्रसँग सम्बन्धीत भएकै कारणले सामाजिक क्षेत्रमा पनि शिक्षामा नै जोड दिँदै आएका छौं । फाउण्डेशनको कार्यक्रम अन्तर्गत केही दिन भित्रमा प्रदेश नम्बर २ को विरगञ्जको पुस्तकालयमा  दश वटा कम्प्यूटर हस्तान्तरण गर्ने तयारीमा छौं । 

एक्स्पर्टले रुकुम जिल्लाको सानो भेरी नदीमा ‘एक्स्पर्ट हाइड्रो’को निर्माण गर्ने कुरा पनि आएको थियो के भईरहेको छ ? 

हामीलाई नेपाल सरकारले हाइड्रोको लागि अनुमति पत्र दिएको चौध महीना भएको छ । त्यस स्थानको फिजिविलिटी अध्ययन सकि सक्यौ । डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट)को काम अन्तिम चरणमा पुगेको छ ।

सानो भेरी नदीमा हामीले निर्माण गर्न लागेको ४४ मेगावाटको जलविद्युत आयोजना हो । अब हामी वित्तीय काम तर्फ जुटिरहेका छौं । सोही अनुसारको कागजपत्र तयार गरिरहेका छौं । हाइड्रोको लागि हामीले स्क्स्पर्टसँग आबद्ध सबै कर्मचारीहरुबाट शेयर आह्वान गरेका छौं । त्यसपश्चात्त अब हामीले कर्मचारीको अभिभावकलाई समेत शेयर आह्वान गर्ने छौं ।

त्यसपछि पनि आवश्यकता महशुस अनुसार हामी सर्वसाधारणमा पनि आउन सक्छौं । तर हामीले विदेशी लगानी यस आयोजनामा समावेश गर्ने छैनौं ।  

नेपालबाट विद्यार्थीहरु मात्रै अष्टे«लिया लैजाने की त्यहाँ पढेर, सीप सिकेर दक्ष भईसकेको श्रमशक्तिलाई नेपाली बजारमा ल्याउने ? यसबारे एक्स्पर्टले के सोचेको छ ? 

यस विषयमा हामी एकदमै सचेत छौं । उर्जाशिल श्रमशक्ति बाहिर मात्रै गइरहेको छ ।

यसप्रति म फाउण्डरको नाताले पनि कन्सियस छु । अब यसका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय लगायत सम्बद्ध सबै जिम्मेवार निकायले यस विषयमा सोच्ने बेला आईसकेको छ । ठूलो धनराशी खर्च गरेर बाहिर गई दक्ष बनेका श्रमशक्तिलाई सुन्दर नेपाल निर्माणमा उनीहरुलाई कुन भूमिका दिन सकिन्छ भन्ने कुरामा सबैले सोच्नुपर्ने बेला आएको छ ।

यसका लागि एक्स्पर्टले त्यस किसिमका स्टेक होल्डरसँग सहकार्य गरी दक्ष श्रमशक्तिलाई नेपालकै उर्जाशील क्षेत्रमा लगाउन प्रयत्न गर्ने छ ।

 

एक्स्पर्टको आगामि दिनमा नेपालमै कलेज/क्याम्पस संचालन गर्ने योजना छ की छैन् ? 

नेपालमा चार पाँच वर्ष समय लगाएर डिग्री, व्याचलर पढाएका जनशक्ति भन्दा पनि प्रत्यक्ष उत्पादन क्षेत्रमा काम गर्ने श्रमशक्तिको खाँचो देखिएको छ । विशेषगरी सिटीइभिटीइले जस्तै मानिसहरुलाई आयमूलक क्षेत्रमा दक्ष बनाउनका लागि सीप प्रदान गर्ने गरेको छ ।

आजको तीन चार वर्षमा नेपालमा पलम्बर, प्यानल विटर, इलेक्ट्रिसियन, मोटर मेकानिक यस्ता खालका जब नेपालमा क्रियट हुँदै छन् । र, यि कामका लागि स्किल मिट गराउन हामीलाई त्यस किसिमको जनशक्ति तयार गर्नु छ । त्यसको लागि नेपाल भित्रबाट नै हामीले संचालन गर्ने गरी छिट्टै नै घोषणा गर्ने तयारीमा छौं ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ? 

अन्तिममा, जति पनि साथि भाई, विद्यार्थी अष्टे«लिया पढ्न जानुहुन्छ । राम्रोसँग रिसर्च गरेर जानुहोला ।

हाम्रो नेपाली समाजको प्रवृत्ति के छ भने धेरै हल्लाको पछि हिड्ने, साथिभाईको धेरै कुरा सन्ने, व्यवसायीक मानिसहरुको कुरामा त्यति चाख नदिने, नेपालमा पनि धेरै राम्रा कन्सल्टेन्सीहरु अष्टे«लिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी खुलेका छन् ।

यी मध्ये पनि विश्वसनीय र दक्ष कन्सल्टेन्सीको परामर्श लिएर जानु भयो भने विद्यार्थीहरु अष्टे«लिया जाने मात्र नभई पढाई कम्पिलिट गर्न सक्नुहुन्छ । त्यस अलवा काम र बसाईको लागि पनि सहयोग हुन्छ । भरपर्दो कन्सल्टेन्सीबाट परामर्श लियो भने समस्या आउँदैन् । 

प्रस्तुतिः ईश्वर देवकोटा 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.