www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा लोपोन्मुख शालिग्राम जोगाउँन संग्राहलय !

अर्जुन कार्की,
ताण्डव न्यूज ।

बागलुङमा बन्न लागेको शालिग्राम संग्राहलयको निर्माण तिब्रगतिमा अगाडी बढेको छ ।

कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला अर्थात कालो रंगको बाटुलो, चिल्लो ढुङ्गालाई हिन्दु धर्मावलम्बीहरुले अति पुज्ने भएकाले शालिग्राम सिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा संग्राहलय निर्माण गर्न लागिएको छ ।

Batas

कालिगण्डकी नदीमा मात्र पाइने तथा हिन्दु धर्मावलम्वीहरुको अति पुज्य मान्ने शालिग्रामको चोरी निकासी हुन थालेपछि संरक्षणको लागि निर्माणाधिन संग्राहलय भदौं महिनाभित्र सक्ने जनाइएको छ । गत वर्ष २०७५ भदौं महिनामा शिलान्यास गरी निर्माण सुरुवात गरिएको संग्राहलयको यस वर्षको भदौ महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम तिव्रगतिमा अगाडी बढाइएको संग्राहलय निर्माण अभियानका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । करोडौं खर्च लाग्ने अनुमान भएपनि ऋण र दानको भरमा निर्माणलाई निरन्तरता दिइएको संरक्षक प्रपन्नाचार्यले जानकारी दिए ।

१ सय मिटर लामो सुरुङ निर्माणपछि अहिले संग्राहलयभित्र हिमाल, कालीगण्डकी नदीको बहाव र शालीग्राम राख्ने संरचनाको निर्माण भईरहेको छ । संग्राहलयमा कालीगण्डकीको शिरदेखि तिरसम्मको चित्र र शालीग्रामको आडमा कालीगण्डकी नदी बगेको बनाइने जनाइएको छ । एक सय ६० फिट लामो टि आकारको सुरुङमा हाल मुक्तिनाथ बेद विद्याश्रम स्कुलमा रहेका करिव २० हजार भन्दा बढी शालीग्रामलाई व्यवस्थित गरी राखिने छ । यहाँ १ लाख शालिग्राम व्यवस्थित रुपमा रहने गरि संग्राहलय बन्नेछ ।

स्वामी ऋषी प्रपन्नाचार्यका अनुसार हिन्दु धर्मका बैष्णव तथा सनातनीहरुले साक्षत विष्णुको अवतारको रुपमा पुज्दै आएका शालिग्राम संरक्षण तथा त्यसको महत्वलाई विश्वव्यापीकरण गर्न सक्रिय स्वामी श्रीधरचार्यको नाममा संग्राहलय निर्माणको काम सुरु गरिएको थियो । ‘शालग्राम बन्न हजारौँ बर्ष लाग्छ, बैज्ञानिक दृष्टिकोणले पनि शालग्राम धेरै बर्ष पहिले बन्यो, अब हत्तपत्त बन्न सम्भव पनि छैन, यो सबैले बुझेको कुरा हो त्यसैले यसको संरक्षण हुनुपर्छ ।’ संरक्षक प्रपन्नाचार्यको भनाई छ ।

सुरुङभित्र बर्षात लागेपछि पानी रसाउने भएकोले अघिनै काम गर्ने योजना बनाइएको हो । पानी परेपनि असर नगर्ने काम मात्र असारपछि गरिने संर संरक्षक प्रपन्नाचार्यले बताए । सुरुङ र भित्री काम सम्पन्न गर्दा ६ करोड बढी खर्च हुने अनुमान गरिएको छ । संग्राहलयको निर्माण सम्पन्न पछि मासिक १ लाख पर्यटक भित्राउन सकिने अनुमान छ ।

संग्राहलय विश्वका प्राय हिन्दु धर्मावलम्बीहरुको आकर्षणको केन्द्र बन्न सक्ने एवं शालग्रामको प्रबद्र्धन समेत हुने अपेक्षा गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.