www.tandavnews.com
Fact ~ In search of truth

‘जिटीई मिट गरे भिसा रिजेक्ट हुँदैन’

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज ।

 

क्यूआईविए कलेज

क्यूआईविए कलेज आज भन्दा २५ वर्ष अगाडि स्थापना भएको कलेज हो । कलेजले अष्ट्रेलिया सिड्नीको मुख्य सिटी, सिड्नीकै पारामाटा र गोलकोष्टमा मुख्य कलेज राखेर सेवा दिँदै आएको छ ।

Batas

क्यूआईविए कलेजबाट ग्रयाजुएसन सकेका हजारौं विद्यार्थीहरुले व्यावसायिक यात्रामा सफलता प्राप्त गरिसकेका छन् । अहिले कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले भोकेस्नल पाठ्यक्रमको विकास गरी सञ्चालनमा ल्याएको छ ।

जसमा आईटी छ । त्यसमा सर्टिफिकेट देखि डिप्लोमा कोर्षसम्म रहेका छन् । अर्को हामीसँग लिडरसीप एण्ड म्यानेजमेन्ट कोर्ष छ ।

जसमा चाहीँ डिप्लोमा देखि एड्भान्स डिप्लोमा कोर्षसम्म कक्षा सञ्चालन भएको छ । त्यस्तैगरी अर्को भनेको हामीसँग विजनेस कोर्ष छ । जुन डिप्लोमा पढाई हुने गरेको छ । अरु पनि हाम्रो कलेजमा थुप्रै कोर्षहरु आउने तयारीमा छन् ।

कलेजको आकर्षण

क्यूआईविए कलेज भनेको विशेषतः अष्ट्रेलियामा भोकेस्नल एजुकेशन प्रोभाइडर हो । अष्ट्रेलियामा क्यूआईविए कलेज स्थापित भइसकेको कलेजको दर्जामा पर्दछ ।

अष्ट्रेलियामा विद्यार्थीहरु गइसकेपछि युनिभर्सिटीको फी महंगो हुन्छ । त्यसैले नेपाली विद्यार्थीहरुका लागि उपयुक्त पढाई शूल्कमा यस कलेजले सेवा दिँदै आएको छ । कलेजले प्रदान गर्ने सस्तो फीको सेवा मात्र नभई स्कलरसीपको पनि सुविधा दिने गरेका छौं ।

क्यूआईविए कलेजमा विद्यार्थीहरुका लागि वर्षको १२ हजार डलरमा सबै कोर्षहरु सञ्चालन गरिरहेका छौं । त्यसमा ७० प्रतिशत भन्दा बढी ल्याउने विद्यार्थीहरुका लागि भने ८ हजार डलर र ६५ प्रतिशत भन्दा माथि ल्याउने विद्यार्थीले १० हजार तिरे पुग्छ ।

जुन रकम भनेको नेपालको कुनै राम्रो कलेजमा पढे अनुसारकै रकम पर्न आउँछ । सोही कारणले पनि हाम्रो कलेजमा विद्यार्थीको मुख्य आकर्षण रहेको छ ।

पढाई सकेपछि तत्काल विद्यार्थीलाई विश्व बजारमा विक्न सक्ने दक्षतापूर्ण बनाउने भएकाले पनि कलेजको स्थापनाकाल देखि नै राम्रो चर्चा रहँदै आएको छ ।

अष्ट्रेलिया पढ्न जान (जिटीई) मिट गरौं

अधिकांश नेपालबाट जाने विद्यार्थीहरुलाई सही परामर्श दिइएको हुँदैन् । धेरैको भम्र अझ पनि के पाइन्छ भने, महँगो युनिभर्सिटीमा अप्लाई गर्दा भिसा लाग्छ । सस्तो कलेजमा अप्लाई गर्दा भिसा लाग्दैन कि भन्ने भ्रम रहेको पाइन्छ । यो सरासर गलत हो । भिसाको लागि विशेषगरी जेनियून टेम्पोरेरी इन्ट्रान्ट (जिटीई) भन्ने हुन्छ ।

त्यसमा तीन वटा कुराहरु पर्दछन् । पहिलो विद्यार्थी एकेडेमीक रुपमा वास्तविक छ कि छैन । जसमा विद्यार्थीले आफ्नो सर्टिफिकेटमा ६० प्रतिशत भन्दा माथि ल्याएको हुनुपर्दछ । आईएलटीएसमा ६ स्कोर ल्याएको हुनुपर्यो । स्टडी ग्याप हुनुभएन । उल्लेखित शर्तहरु पूरा भएको छ भने विद्यार्थी एकेडेमीक रुपमा सक्षम छ भन्ने हुन्छ ।

दोस्रो कुरा भनेको अष्ट्रेलियाले जहिले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आफ्नो लक्ष्य पहिचान गर्ने उल्लेख गरेको छ । जस्तैः कुनै विद्यार्थी सफ्टवेयर इन्जिनियर हुने लक्ष्य राखेको छ भने उसले सम्बन्धित कलेजमै भर्नाको लागि आवेदन दिनुपर्यो ।

तेस्रो कुरा माथि भनेका कुराहरुमा विद्यार्थी सक्षम छ तर उसका अभिभावकले उसलाई त्यस किसिमको लक्ष्य पूरा गराउन चाहन्छन की चाहँदैनन् । उसलाई आर्थिक स्रोतको पहुँचता छ कि छैन भन्ने कुरा पनि अष्ट्रेलियाले खोजेको हुन्छ । जसका लागि एजुकेसन लोन निकाल्नु पर्दछ । वार्षिक आम्दानीको स्रोत खुलाई सो को विवरण पेश गर्नुपर्ने हुन्छ ।

यी तीन कुरा जसलाई हामी (जिटीई) भन्छौं । जिटीई मिट भयो भने विद्यार्थीको कुनैपनि हालतमा भिसा रिजेक्ट हुँदैन । विद्यार्थीले अष्ट्रेलिया अध्ययन गर्न जाने चाहना राख्नुहुन्छ भने आफ्नो शैक्षिक, आर्थिक पक्ष मजबुद बनाई अभिभावकसँगको सहकार्य अनिवार्य राख्नुपर्दछ ।

लक्ष्य निर्धारण गर्नुहोस्

म विशेषगरी नेपालबाट अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीहरुलाई आफ्नो भविष्य प्रतिको लक्ष्य निर्धारण गर्नुहोस् भन्ने सुझाव दिन्छु । तपाई भविष्यमा के बन्ने प्लस टु पढ्दा नै सोच बनाई सक्नु पर्दछ । साथिहरु सबै आईटी पढेका छन् वा एकाउन्टिङ पढेका छन् । म पनि त्यही पढ्छु भन्दा तपाईको आर्थिक स्थितीले त्यस विषयगत विधामा कलेजको फि थेग्न नसक्ला ।

म भविष्यमा इन्जिनियर, डाक्टर, नर्स, आईटी अफिसर अथवा विजनेस म्यान के बन्ने हो पहिले नै लक्ष्य निर्धारण हुन आवश्यक छ । यदि वर्षको पचास साठी लाख खर्च गरेर आफ्ना बुबा आमाले अष्ट्रेलियामा पढ्न पठाउन सक्छन् भने सोही स्तरका राम्रा युनिभर्सिटीमा समेत भर्ना हुन सकिन्छ ।

मध्यम स्तरको पारिवारिक आर्थिक स्थिती छ र वर्षको विस, पच्चिस लाख खर्च गर्न सकिन्छ भने सोही किसिमका कलेज पनि अष्ट्रेलियामा उपलब्ध छन् ।

नेपालमा लाहुरे हुनका लागि जसरी डोकोमा बालुवा, ढुङ्गा बोकेर डाँडा उक्लनु पर्छ । त्यसरी नै अष्ट्रेलिया गएर मैले दुःख गर्न सक्नुपर्दछ भन्ने मानसिकता बनाएको विद्यार्थीले पछाडि फर्केर हेर्नु पर्दैन ।

हलिउड सिनेमामा देखाईका डार्लिङ हार्वर, आपेरा हाउसका तस्बिर, भिडियोहरुले विद्यार्थीहरु आर्कषित भएको देख्छु ।

यहाँबाट सोचे जस्तो छैन् अष्ट्रेलिया । आफूले सोचे जस्तो नभएपछि धेरै मानिसहरु डिप्रेसनमा पनि गएको देखेका छौं । महत्वकांक्षाले मानिसलाई पराजयको सिकार बनाईरहेको हुन्छ । सोचे जस्तो अष्ट्रेलिया बनाउनका लागि विद्यार्थीले स्वयम् मेहनत गर्नुपर्ने हुन्छ ।

त्यसका लागि आधार तयार विद्यार्थी आफूले नै बनाउनुपर्ने हुन्छ । पहिले पढाई सक्नु पर्यो । पढाई सकेपछि पिआर लिनुपर्यो । त्यसपछि घर, गाडि सबै कुराहरु हुन्छन् । दुई चार वर्ष मेहनत गर्नुस् मेहनतको मुनाफा विस्तारै पाउँदै जानुहुन्छ ।

मानिस अष्ट्रेलियामा सफल हुन लगनशिल भएर मेहनत गर्नु पर्दछ । मेरो अगाडि असम्भव केही छैन भन्ने मानसिकता बनाउनु प¥यो । मुख्यत व्यक्ति सर्वप्रथम अनुशासित हुनुपर्यो ।

कामको योजना बनाई सही परिचालनले गर्दा नै अष्ट्रेलिया गएर धेरै नेपाली विद्यार्थी आ–आफ्नो क्षेत्रमा स्थापित भईसकेका उदाहरण छन् ।

(कुराकानीमा आधारित)

(घिमिरे एकाउन्टिङ विषयमा अष्ट्रेलियाबाट ग्रयाजुयट विद्यार्थी हुन् ।)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.