www.tandavnews.com
Fact ~ In search of truth

जिउँदै छु नुन बारे मान्छेहरु…

 

गजल

कुराले त आकाशकै तारा झारे मान्छेहरू
पुर्पुरोमा हात समाई रुन पारे मान्छेहरू ।।

Batas

ओठमा हाँसो खुसी हुँदा तिम्रो म छु भनेपनि
दुःख पर्दा बहना लगाई टारे मान्छेहरू ।।

आफ्नो स्वार्थ पूरा गर्न रुखमा चढाएर
आज रुखको फेद ढालेर मारे मान्छेहरू ।।

अहिले संसार जितेजस्तै कुर्लिएर हिडेंपनि
एकदिन आफूसित आफैं हारे मान्छेहरू ।।

बोलचाल पनि बन्दै भा’छ के मा रुष्ट भर हो खै
मान्छे जीउँदै छु तर नुन बारे मान्छेहरु ।।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.