www.tandavnews.com
Fact ~ In search of truth

पौडेल समूहको असन्तुष्टिका कारण काँग्रेस बैठक स्थगित

काठमाडौँ, (रासस): नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ ।

स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बैठक बोलाएको थियो ।

बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको बुझिएको छ ।

काँग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो ।

कांँग्रेसको महाधिवेशन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी मनोनयन हुन सकेको छैन । विधानअनुसार दुई महिनाभित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन गरिसक्नुपर्ने व्यवस्था छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.