www.tandavnews.com
Fact ~ In search of truth

एसपीको निर्देशनमा टिपर चालकलाई ‘अन द स्पट’ कारवाही

पोखरा
ताण्डव न्यूज ।

पृथ्वीचोकदेखि बुद्धचोक तर्फ जाँदै गरेको बा ४ ख ८१५७ नम्बरको टिपरलाई अन द स्पट कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी अशोक सिंहले मोबाइल प्रयोग गरेर सवारी चलाएको देखेपछि उक्त टिपरलाई सडकमै रोकेर कारवाही गर्न निर्देशन दिएका हुन् ।

Batas

पछिल्लो समय पोखरामा भएका दुर्घटनाहरुमा टिपर चालकको लापरवाही भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

टिपर चालकको लाईसेन्स र सवारी ब्लु बुक नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.