बिनिता सुनार
पोखरा, ताण्डव न्यूज ।
रिलिज डेट नजिकिदैं गर्दा फिल्म ‘लम्फू’ युनिट प्रचारप्रसारकालागि देश दौडाहामा लागेको छ । बैशाख २८देखि देशभर प्रदर्शनमा आउन लागेकाे फिल्मबारे जानकारी दिन फिल्म युनिट आज पोखरा आइपुग्यो ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक गोपाल चन्द्र लामिछानेले फिल्मको ट्रेलरबाट राम्रो प्रतिक्रिया पाएको जनाउँदै दर्शकको साथ पाउनेमा ढुक्क रहेको बताए । ‘ट्रेलरबाट निकै राम्रो प्रतिक्रिया पाएका छौं’ उनले भने ‘सबै पात्रहरुको महत्वपुर्ण अनि शसक्त भुमिका दर्शकले मन पराइदिनुहुनेछ भन्नेमा ढुक्क छु।’

कुशुम श्रेष्ठ तरकारीवाली बारे प्रष्ट्याउँदै लामिछानेले फिल्म चलाउनका लागि नभएर क्यारेक्टर अनुसार नै उनलाई प्रस्तुत गरिएको जनाए । कुशुमको छोटो मिठो अभिनय रहेको उनको भनाई थियो ।
कुशुमको यो डेब्यु फिल्म हो ।
यस अघि ‘किन लाग्छ माया’, ‘बोक्सी’, ‘द मिरर’ र ‘ओ माइ म्यान’को लामिछानेले निर्देशन गरिसकेका छन् ।
निर्माता शक्तिबल्लभ घोराशैनीले करिव एक करोड रुपैयाँमा फिल्म निर्माण गरेको बताए । भूपतीको कथा रहेको फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् ।
फिल्ममा सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोख्रेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी, कुसुम श्रेष्ठ तरकारी वाली, अजित लामिछाने, आयान खड्का लगायतका कलाकारको अभिनय छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.