तनहुँ ।
तनहुँको भानु नगरपालिका–१० कालीमाटीका एकबहादुर घर्तीले व्यावसायिक रुपमा कफी खेती गरेका छन् । करीब ६०० कफीका बिरुवा लगाएर किसान घर्तीले आम्दानी गर्न थालेका हुन् ।
चार वर्षदेखि कफी खेती शुरु गरेका घर्तीले गत वर्षदेखि कफीले उत्पादन दिन शुरु गरेको बताए । ‘‘गत वर्ष करीब ७० किलो कफी उत्पादन भएका थियो’’ उनले भने, ‘‘सबै बिरुवाले एकै चोटी उत्पादन नदिँदा सोचेअनुरुप भएन तर यस वर्ष उत्पादन बढ्ने विश्वास लिएको छु ।’’

उत्पादित कफी प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गर्ने गरेको छ । उनले भने, “उत्पादन भएको कफी काठमाडौँमा लगेपछि सजिलैसँग बिक्री हुन्छ । आफूले गाउँमा कफी खेती शुरु गर्न थालेपछि त्यसबाट प्रभावित भई यहाँका झण्डै १५÷१६ जनाले धेरथोर कफी खेती गर्न थालेका छन् ।
कृषि ज्ञान केन्द्र तनहुँको सिफारिसमा गत वर्ष काठमाडौँस्थित बागवानी अनुसन्धान केन्द्र कीर्तिपुरमा एक हप्ताको नर्सरीमा बिरुवा उत्पादन गर्ने तालीम लिएपछि उनले कफी खेती गर्न शुरु गरेका हुन्। उनले भने, “तालीमपश्चात् एक रोपनी क्षेत्रफलमा करीब २२ हजार कफीका बिरुवा उत्पादन गरेको छु ।’’
तरकारी तथा फलफूल खेतीका लागि नगरपालिकाले आवश्यक पर्ने औजार र बीउ अनुदानमा उपलब्ध गराएका छ । भानु नगरपालिका–१० का वडाध्यक्ष गोविन्दराज सिलवालले भने, “गाउँका अन्य कफी खेती किसानले आवश्यक सामग्रीको माग गरे त्यसको लागि व्यवस्था मिलाउछौँ ।” रासस
तस्बिर :गुगलबाट
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.