www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा डेडपुल-२ को फ्यान स्क्रिनीङ

पोखरा,
ताण्डव न्यूज ।

एप्पल इन्टरटेन्मेन्ट प्रालिले पोखरामा पहिलो पटक अंग्रेजी फिल्म ‘डेडपुल–२’ को विशेष प्रदर्शन (फ्यान स्क्रिन) गर्न लागेको छ ।

जेठ १ गते पोखरेली दर्शकका माझ क्यूएफक्स सिनेप्लेक्समा विशेष शोको आयोजना गर्न लागेको हो । यो शो उक्त फिल्म विश्वभर प्रदर्शन हुनभन्दा तीन दिन अघि प्रदर्शन गर्न लागिएको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

Batas

फ्यान स्क्रिन विशेष कमिक जनरा र डेडपुल चलचित्रका प्रेमीहरुलाई लक्षित गरी प्रदर्शनको आयोजना गरिएको टिम क्वेस्टका स्टार्टेजिक विजनेस मेनेजर जेनिश पहारीले बताइन् ।

‘डेडपुल चलचित्रका प्रेमीहरुको लागि यो एउटा ठूलो अवसर हो,’ उनले भनिन, ‘पोखरामा यो पहिलो पटक हुन लागेको हो ।’
चलचित्र हेर्न १ हजार रुपैयाको टिकट काट्नु पर्ने उनले बताइन् ।

‘एक हजारको टिकट लिएर रिलिज डेथ भन्दा तीन दिन अघि हेर्न मौका हो,’ उनले भने, ’ उनले भने, ‘त्यति मात्र होइन टिकटमै पपकन, कोक, टिसर्ट लगायतका सामाग्री पनि दिने छौ ।’

एप्पल इन्टरटेन्मेन्ट प्रालिले विगतमा kingsman: The Golden Cirlce, The Boss Baby, Logan, Spiderman Home Coming र Jumanji:welcome To The Jungle चलचित्रहरु राजधानीमा प्रिमियर गरिसकेको छ ।

यस प्रालि २००८ मा स्थापित भई हलिउड र बलिउड चलचित्रहरु वितरण गर्दै आएको छ । हाल नेपालमा चलचित्र वितरक मध्य अग्रणी स्थानमा रहि २० औं शताब्दी फक्स र सोनी पिक्चर्सको अधिकृत वितरक रहि आएको छ ।

यस बाहेक कम्पनीले walt Disney studios, warner Bross, Universal Pictures, PVR Pictures, Paramount Pictures, Tanweer Movie तथा अन्य स्टुडियोका चलचित्रहरु पनि वितरण गर्दै आएको जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.