
पोखरा
ताण्डव न्यूज ।
खेलौं, खाऔं रमाऔं भन्ने थिममा पोखरा ६ खहरे लेकसाइडमा डिज्नील्याण्ड फन पार्क सञ्चालनमा आउने भएको छ । यहि शनिबार फन पार्कको औपचारिक उद्घाटन गरिने सञ्चालक बसन्त लिगलले आज पत्रकार सम्मेलनमा जनाए ।
पोखरामा छुट्टै किसिमको मनोरञ्जनात्मक खेलहरु स्थायी रुपमै भित्र्याउने हेतुले फन पार्क सञ्चालनमा ल्याइएको लिगलले बताए ।

‘रोटे पिङ, ब्रेक डान्स पिङ लगायतका खेलहरु प्रायः मेलामा मात्र देख्न खेल्न पाइन्छ’ उनले भने ‘तर अब पोखरामा स्थायी रुपमै पर्यटकले खानाको स्वादमा रमाउँदै खेलको मज्जा लिन सक्नेछन् ।’पार्कमै खानाका परिकारकालागि ठेकी क्याफे सञ्चालनमा ल्याएको उनको भनाई थियो ।
१५ रोपनी क्षेत्रफल ओगटेको उक्त पार्कमा बालबालिका र वयस्कहरुकालागि छुट्टाछुट्टै खेल्नेसाधनहरुको व्यवस्था छ । खेल्ने क्रममा दुर्घटना भए बिमाको व्यवस्था गरिएको सञ्चालकले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकसँगै विभिन्न ग्रुप एवं विद्याथीहरुलाई प्याकेजको सुविधा दिइने छ ।
हाललाई ओपनिङ डिस्काउन्ट अफरमा ५० प्रतिशज छुट र प्रवेश निशुल्क गराइएको सञ्चालक लिगलले सुनाए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.