www.tandavnews.com
Fact ~ In search of truth

विकास विरोधी यादव गौतम प्रहरी हिरासतमा

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका–२० बस्ने यादव गौतमलाई प्रहरीले हिरासतमा लिएको छ ।

पोखरा ११, फुलबारीबाट पोखरा–२०, भलाम हुँदै पोखरा १६, बाटुलेचौर जोड्ने सडक खण्ड विस्तारको क्रममा एक्जाभेटरको चाबी नै खोसे पछि गौतमलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

Batas

केन्द्रीय बजेट अनुसार सडक विभागबाट काम भईरहेको सडकमा कालोपत्रे योजना सहित हाल बाटोको वरपर डिपिसी लगाएर नौ मिटरको बाटो कायम गर्ने काम चलिरहेको वडाध्यक्ष सिम गुरुङले बताए ।

‘तीन मिटरको बाटो फराकिलो बनाएर नौ मिटरमा कालोपत्रे विस्तार गर्ने योजना छ,’ उनले भने, ‘जनप्रतिनिधिकै रोहवरमा काम गरिरहँदा गौतमले पटक पटक अवरोध गरिरहेका छन् ।’

केन्द्र सरकारबाट कार्यान्वयनमा आएको बजेटलाई सही सदुपयोग गरी गाउँघरमा विकासका योजनालाई मूर्त रुप दिईरहँदा यस्ता खाले विकास विरोधी क्रियाकलापले आफू कत्ति पनि विचतिल नभएको वडाध्यक्ष गुरुङको भनाई छ ।

भलाममा हुलदंगा मच्चाउने, झैझगडामा संलग्न गौतम यसभन्दा पहिले पनि विवादमा तानिरहने व्यक्ति हुन् ।

यस्ता असामाजिक व्यक्तिहरुलाई कुनै पनि हालतमा नछाड्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी अशोक सिंहले बताए ।

‘म छदाँसम्म गलत गर्नेलाई छाड्दिन,’ उनले भने, ‘गलत अभिप्रायले कोही कसैलाई अवरोध गर्दछ भने कानुनी प्रक्रिया अनुसार कारवाही हुनेछ ।’

गौतम स्थानीय निर्वाचन ०७४ मा वडा–२० को अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार दिई प्रतिस्पर्धामा पराजित भएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.