www.tandavnews.com
Fact ~ In search of truth

पोखराका टंकसहित ६ प्रहरी सईमा बढुवा (नामावलीसहित)

पोखरा
ताण्डव न्यूज ।

प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको बढुवा सिफारिस सूची अनुसार पोखराका सहायक निरीक्षक (असई) टंक पौडेल सहित ६ जना प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले वैशाख २७ गते प्रकाशन गरेको सुचना अनुसार २ सय ६० जनामा पोखराका ६ जना परेका हुन् । विगत ९ वर्षदेखी असईका रुपमा कार्यरत पौडेल अहिले सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीमा कार्यरत छन ।

Batas

उनीसगै जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत डिलप्रसाद अधिकारी, वडा प्रहरी कार्यलय वैदामका खेमराज जोशी, वडा प्रहरी कार्यालय रामबजारका मिलन थापा, पोखरा–१८ सराङकोटका तेजबाहादुर थापा र क्षेत्रिय सशस्त्र प्रहरी गण गुल्म पोखराका मदन बहादुर सिहंं सईमा बढुवा भएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.