www.tandavnews.com
Fact ~ In search of truth

तेस्रो स्पोर्टस् अवार्डको खेलाडी मनोनयन सार्वजानिक, सात विधामा अवार्ड प्रदान गरिने

पोखरा,
ताण्डव न्यूज ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले वर्षेनी गर्दै आएको ‘स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करणको मनोनयन सार्वजानिक गरिएको छ ।

जेठ १८ गते शुक्रबार पोखरा सभागृहमा हुने ‘तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४’ मा सातवटा विधामा अवार्ड प्रदान गरिनेछ । जसअन्तर्गत लाईफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेलाडी पुरुष, महिला, उदयीमान खेलाडी, प्रशिक्षक र खेलकुद पर्यटन पत्रकारिता पुरस्कार रहेको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

Batas

यो पटकको लाइफटाइम अवार्ड पाउनेलाई ट्रफी, ताम्रापत्र र दोसल्ला ओढाइनेछ । त्यस्तै वर्षको उत्कृष्ट पुरुष खेलाडीले टिभिएस अपाचे मोटरसाइकल, ट्रफी र दोसल्ला, महिलाले टिभिएस विगो स्कुटर ट्रफी र दोसल्ला, उदयीमान खेलाडीले नगद १५ हजार रुपैयाँ ट्रफी र दोसल्ला, उत्कृष्ट प्रशिक्षकले नगद १५ हजार रुपैयाँ ट्रफी र दोसल्ला, उत्कृष्ट खेल संघले नगद १० हजार रुपैयाँ र ट्रफी पाउने अवार्ड संयोजक दीननाथ बरालले जानकारी दिए ।

यो पटकदेखि मञ्चले पत्रकारलाई समेत पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुने पत्रकारको नाम अवार्ड समारोहमै घोषण गरिने जनाइएको छ । ५ वर्ष निरन्तर खेलकुदलाई पर्यटन जोड्दै समाचार लेख्ने पत्रकारमध्ये एक जनालाई १५ हजार रुपैयाँ दोसल्ला, ताम्रापत्रले पुरस्कृत गरिने बरालले जनाए । गायन क्षेत्रबाट खेलकुदमा योगदान दिने विनोद बानियाँलाई पनि सम्मान गरिनेछ ।

कार्यक्रममा ख्यातीप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरु कर्ण दास, शिव परियार, बिनोद बानियाँ लगायतका प्रस्तुति, हिमाली साँस्कृतिक परिवारको प्रस्तुति, खेलाडीद्धारा ¥याम्प वाक लगायत रहने जनाइएको छ ।

सम्मान गर्ने विधा

लाईफटाइम अचिभमेन्ट अवार्ड : प्राडा वीरेन्द्रसिंह गुरुङ

वर्ष उत्कृष्ट खेल संघ : कास्की जिल्ला व्याडमिन्टन संघ

वर्ष उत्कृष्ट खेलाडी पुरुष : कमलबहादुर भण्डारी (शारिरीक सुगठन), करण केसी (क्रिकेट), तिकमपुन मगर (आर्चरी)

वर्ष उत्कृष्ट खेलाडी महिला : विमला नेपाली (सितेरिया कराँते), कमला पुन (हक्की), केशरी आले मगर (आर्चरी)

वर्ष उत्कृष्ट उदयीमान खेलाडी : विवेक अधिकारी (एथलेटिक्स), बुद्धिमाया मगर कविता (कवड्डी), मेगबहादुर सेन (क्रिेकट)

वर्ष उत्कृष्ट प्रशिक्षक : जीवन घिमिरे (शारिरीक सुगठन), रिजन प्रजु (क्रिकेट), शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.