www.tandavnews.com
Fact ~ In search of truth

परम्परागत ढंगले काम गर्दा रिजल्ट आएन : मेयर जिसी

पोखरा,
ताण्डव न्यूज ।

मानबहादुर जिसी पोखरा लेखनाथ महानगरपालिकाको मेयर बनेको एक वर्ष पुग्न दिनमात्र बाँकी छ ।

यो अवधिमा उनले उल्लेख्य र सम्झनालायक काम गर्न नसकेको गुनासो स्थानीयहरुको छ । उनले पोखरेली पत्रकारमाझ बुधबार परम्परागत ढंगले काम गर्दा रिजल्ट आउन नसकेको प्रष्टाएका छन् ।

Batas

महानगरको स्मार्ट वडापत्र एप समुद्घाटनको क्रममा मेयर जिसीले भूउपयोगको नीति नबनाइकन कामको परिणाम आउने रैनछ भन्ने बुझेको सुनाए । उनले एकवर्षमा सोचेजस्तो काम गर्न नसकेपनि आगमी आर्थिक वर्षसम्म भुलेर भन्दा पनि योजनाबद्ध ढंगले कार्यान्वयन गरिने बताए ।

फेवाताल अतिक्रमणको सन्दर्भमा अदालतबाट फैसला भएसँगै महानगरलाई काम गर्न सजिलो भएको उद्दित गर्दै त्यसतर्फ गम्भिरतापूर्वक ध्यान दिने योजना उनले सुनाए ।

उपमेयर मञ्जुदेवी गुरुङले पनि एकवर्षसम्म सोचेजस्तो काम गर्न नसकेको स्विकारिन् ।

‘नयाँ कानुन निर्माण गर्दा कर्मचारीलाई बुझाउनुपर्ने, कर्मचारी समयमा नआउने जस्ता समस्या भए, ’ उनले भनिन, ‘कर्मचारी र हाम्रो स्पिडको तालमेल मिलेन् । अब व्यवस्थित हुँदैछ एकवर्षमा सुधारिनेछ ।’ उनले यो एक वर्षमा ६६ वटा उजुरीको निवदेन आएको जनाइन् । यसमा १५ वटा उजुरीलाई मिलापत्र समेत गरि पठाइएको सुनाइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.