www.tandavnews.com
Fact ~ In search of truth

चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन पोखरामा

चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन–२०१८ यही मिति २०७५ साल जेठ १२ र १३ गते पोखरामा आयोजना हुन गईरहेको छ ।

लिगेसी होटल, मुस्ताङ चोक, पोखरामा सम्पन्न हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ज्योतिष विद्यामा दिग्गज प्राप्त व्यक्तित्वहरुको सहभागिता रहने जनाईएको छ ।

यसै सन्दर्भमा मूल निर्णायक समितिका अध्यक्ष डा. लोकराज पौडेलसँग ताण्डव न्यूजले कार्यक्रमको बारेमा केही जिज्ञासा राखेको छ ।

Batas

चौथो सम्मेलन आयोजना गर्न लाग्नु भएको छ । कार्यक्रमको बारेमा स्पष्ट पारिदिनुस् न ?

दक्षिण एसियाली ज्योतिष महासंघको आयोजनामा दक्षिण एसियमा रहेका ज्योतिष संगठनहरुको सम्मेलन हो । नेपालका सात वटा संस्थाहरु र भारतका सात वटा संस्थाहरुको सहयोगमा हामी पोखरामा चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन–२०१८को आयोजना गर्न गईरहेका छौं ।

यस भन्दा अघि पनि भएका सम्मेलनहरु सबै नेपालमै सम्पन्न भएका हुन् । यस पटक भने काठमाण्डौं बाहिरको उपयुक्त स्थानलाई रोज्ने क्रममा पोखरा आईपुगेका छौं । राष्ट्रिय ज्योतिष विज्ञान नामक संस्थाले ०५२ साल चैत्र २७ र २८ गते सार्क स्तरीय ज्योतिष सम्मेलन गरेको थियो । सोही समयमा एउटा तदर्थ समिति गठन भयो ।

तदर्थ समितिलाई वैधानिकता प्राप्त गराउन २०६० सालमा आएर हामी सफल भयौ । ०६० साल कै वैशाख अन्तिम सातातिर दोस्रो सम्मेलन सम्पन्न गरियो । ०६३ सालमा पुनः तेस्रो सम्मेलन गरियो । त्यसयता सम्मेलन हुन सकिरहेको थिएन् । अहिले आएर चोथौं सम्मेलन हामी पोखरा नगरीमा गर्दे छौं ।

सम्मेलनमा कुन–कुन देशको सहभागिता रहन्छ ?

सम्मेलनमा सहभागि हुनका लागि नेपाल, भारतका सबै राज्यबाट प्रतिनिधि, श्रीलंका, भुटान, थाइल्याण्ड, मलेशिया, बंगलादेश, बेलायत, कोरिया, हङकङ, इण्डोनेसियाबाट प्रतिनिधिहरु सहभागि रहने कार्यक्रम छ ।

जसमा नेपालबाट मात्रै ५ सयको हाराहारीमा भारतबाट सयको आसपासमा, भुटानबाट ५ जना, मलेसियाबाट १ जना, थाइल्याण्डबाट १ जना, हङकङबाट १ जना, बेलायतबाट १ जना प्रतिनिधि सहभागि हुँदै हुनुहुन्छ ।

सम्मेलनमा कुन–कुन एजेण्डामा छलफल हुनेछन् ?

सम्मेलनमा विशेषगरी प्रस्ताव गरिने एजेण्डामध्येमा दक्षिण एसियामा ज्योतिषीहरुले पालना गर्नुपर्ने आचारसंहिता कस्तो बनाउने भन्ने छलफल हुन्छ । सम्मेलनबाट आचारसंहिताको प्रारुप तयार गरिने छ ।

त्यसका लागि दक्षिण एसिया भित्र रहेका सबै ज्योतिषहरुले समर्थन गर्नुप¥यो । ज्योतिषको पेसागत मान्यताहरुलाई दक्षिण एसिया भित्र रहेका सबै राष्ट्रसँग आ–आफ्नो मुलुकमा पहल गरिने कुरालाई पनि सम्मेलनले जोड दिन्छ ।

त्यसैगरी, नयाँ पुस्तालाई ज्योतिषप्रतिको आकर्षण बढाउन परम्परागत कुरालाई आधुनिक प्रविधिसँग कसरी गाँसेर लिएर जान मिल्छ त्यस सन्दर्भमा पनि छलफल हुनेछ ।

ज्योतिष क्षेत्रको रुपमा पर्वतको पाङ प्रतिष्ठित ठाउँ हो । त्यस क्षेत्रलाई स्थापित गराउन लागि यहाँहरुको संस्थाले कस्तो भूमिका गर्नेछ ?

हामीले अहिले यसरी क्षेत्र क्षेत्रमा कार्यक्रम गर्नुको मूल ध्येय नै ज्योतिषीय सेवामा क्रियाशिल व्यक्तिहरुको सम्मान पनि हुने र उहाँहरुलाई यस किसिमका सम्मेलनहरुले मनोभावनामा नयाँ खालको हौसला प्रदान गर्ने भएकोले नै अहिले हामी पोखरा आएका छौं ।

दूरदराजमा रहेर पनि निरन्तर सेवामा क्रियाशिल रहनुभएका व्यक्तित्वहरुलाई सम्मेलनबाट सम्मान पनि गरिनेछ । हाम्रो देश नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा मौलिक ज्योतिष परम्परा अलिअलि गर्दै लुप्त हुँदै गईरहेको छ ।

जस्तै नेपाल र अन्य देशकै ज्योतिषसँग तुलना गर्दा नेपालका ज्योतिषहरु जसले घरका थाल, बोट्का गन्दिने । यस्ता यस्तै कुराहरुले गर्दा नेपालको परम्परागत ज्योतिष विद्या भारतकै तुलनामा पनि अब्बल मानिदै आएको छ ।

विश्लेषण किसिमले केही हदसम्म समानान्तर रहला तर एकिनको हकमा नेपाल धेरै नै अगाडि छ । पाङसँगै धेरै स्थानहरु यसरी परम्परागत ज्योतिषीय सेवा धान्दै आउनुभएकाहरुलाई हामी जे सक्छौं सम्मान गर्छौ ।

अन्त्यमा, पोखरामा कार्यक्रम आयोजना गर्ने सन्दर्भमा केही समय हामी पोखरा आयौं । स्थानीय स्तरबाट कस्तो सहयोग रहँला । कार्यक्रम सम्पन्न गर्न केही व्यवस्थापकीय पक्षहरु फितलो रह्यो भने अन्य देसबाट आउनुभएका आगन्तुकहरुलाई स्वागत सम्मानमा कमी रहन्छ की भन्ने आशंका थियो ।

तर पोखरामा रहनु भएका वा भनौं प्रदेश चारलाई नै समेटेर अन्र्तक्रिया गर्दा पूर्ण सहयोग प्राप्त हुने प्रतिबद्धता जनाउनु भयो । हाल सम्मेलनकै लागि पोखरबाट मात्रै ६३ जना व्यक्तित्वहरुले नाम दर्ता गराउनुभएको छ ।

प्रदेश नम्बर ४ को कुरा गनुपर्दा १६४ जनाले नाम दर्ता गराउनु भएको छ । देशभरीबाट झण्डैं ५ सयको संख्यामा उपस्थिती रहने छ । यसरी हेर्दा यहाँको उत्साह अत्यन्त राम्रो पाएका छौं ।

त्यसरी नै हामी कार्यक्रमलाई सफल बनाउन लागि परिरहेका छौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.