पोखरा ।
नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरा लेखनाथ महानगरपालिकामा माग पत्र पेश गरेको छ ।
फेवातालको अतिक्रमणको बारेमा सर्वोच्च अदालतले गरेको फैसला कार्यन्वयन लगायतका मुद्दाहरुमा मागपत्र बुझाएको छ । महानगरको कार्यलयमा मेयर,उपमेयर र कार्यकारी अधिकृत कोहि पनि नभएपछि राष्ट्रिय युवा अभियानका युवाहरुले कार्यलय सहायकलाई मागपत्र थमाएर निस्केको थिए ।

युवा अभियान युवाहरुले महानगरको गेटमा सडकमा देखिएको छाडा चौपायाहरुको तस्विरसहितको फ्लेस टाँसेर स्मार्ट सिटि बनाउनेप्रति मेयरको धारणप्रति व्याङ्या गरेका थिए । अभियानले बिभिन्न १० बुदामा मागपत्र पेश गरेको छ ।
मागहरु यसप्रकारका छन् –
१)सर्वोच्च अदालतले फेवातालमा देखिएको अतिक्रमण हटाउन आदेश दिदा समेत किन हटाईएको छैन ? शंका लागेको छ । सर्वोच्चको आदेश तत्काल कार्यन्वयन गर्नका लागि र बृहत फेवाताल अभियान चलाउनका लागि हामी जोडदार माग गदर्छौँ ।
२) सार्वजानिक सम्पतीहरुको अतिक्रमण हटाईयोस ।
३) स्मार्ट सिटिमा जुलुस लगाउदै हिडेका छाडा चौपाय व्यबस्थापन गरि सडकमा सवारी साधन मात्र गुड्ने बातावरण तयार गर्न हामी जोडदार माग गर्दछौँ ।
४) युवा स्वरोजगार कार्यक्रम थालनी गरि युवाहरुलाई यहि गरिखाने वाताबरणको सिर्जना गरियोस ।
५) सडकमा ऐना हेर्न मिल्ने गरि पानि जमेको खाल्टोहरु यथाशिघ्र मर्मत गरियोस ।
६) सुन्दर शहरको हाम्रो परिकल्पनालाई कुरुप बनाउने तारहरुलाई अण्डर ग्राउण्ड व्यबस्थापन गरियोस ।
७) महानगरलाई बुझाउनुपर्ने रकमलाई अनलाईन भुक्तानी गर्ने प्रबिधिको बिकास गरियोस ।
८) महानगरलाई ग्रिन क्लिन बनाउनका लागि बिशेष अभियानको थालनी गरियोस ।
९) ट्राफिक व्यबस्थापनका लागि महेन्द्रपुल,पृथ्वीचोल लगायतका व्यस्त ठाँउहरुमा आकाशे पुलहरु निर्माण गरियोस ।
१०) पोखराका प्रत्येक चोकहरुमा सार्वजानिक शौचालयको निर्माण गरि व्यबस्थीत गरियोस ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.