पोखरा
बिनिता सुनार, ताण्डव न्यूज ।
पोखरामा ‘राष्ट्रिय युवा सम्मेलन – २०७५’ सुरु हुने भएको छ । नेपाल मानव धर्म सेवा समिति, युवा संगठनको आयोजनामा यहि असार १ र २ गते रन्जित इभेन्ट, रानीपैवा पोखरामा हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
सामाजिक पृष्ठभुमिका अध्यात्मिक युवाहरुलाई एकिकृत गराई सकारात्मकताको अभिवृद्धि गदै समाजलाई सत्मार्गमा डोर्याउने उद्देश्यले सम्मेलन गर्न लागेको नेपाल मानव धर्म सेवा समिति सचिव ओम उपाध्यायले जानकारी दिए ।

‘नेपाल मानव धर्म सेवा समिति अध्यात्मिक तथा सामाजिक क्षेत्रमा लामो समय देखि क्रियाशिल संस्था हो’ उपाध्यायले भने, ‘संस्थाको सामाजिक एंव आध्यात्मिक अभियानलाई सार्थक बनाउन युवा संगठन एउटा प्रमुख अगंको रुपमा कार्य गदै आएको हो ।’
सम्मेलनमा करिब तीन हजार युवा सहभागिता रहने अनुमान सहित प्रवेश निशुल्क गरिएको छ । सम्मेलनबाट आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य लिइएको छ ।
सम्मेलनको अवसरमा क्रिक्रेट क्या.पारस खड्का, गायिका आस्था रावत, फुटबल खेलाडी अनिल गुरुङलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
सम्मेलनमा व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तालिम तथा प्रशिक्षण दिइने सचिव उपाध्यायले बताए ।
उनका अनुसार दुई दिने सम्मेलनमा चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुले सम्बोधन गर्नेछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.