www.tandavnews.com
Fact ~ In search of truth

गैरजिम्मेवार अध्यक्ष पहारी, जनताको गुनासो सुनेनन्

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका–६, का वडाध्यक्ष जगत पहारी जिम्मेवारीबाट उम्किने काम गरेको पाइएको छ ।

पटक पटक मौखिक र लिखित उजुरी दिँदा समेत जनताको गुनासो अध्यक्ष पहारीले सम्बोधन गर्न नसकेको आरोप छ ।

Batas

लेकसाइड फेवामार्ग स्थित छिमेकी अनिल थापालाई बाधा पुग्ने गरी महानगरको स्वीकृति बिना नै स्थानीय शान्ती कुँवरले ३६ फिट गहिराईमा पानीको इनार खनिरहँदा अध्यक्ष पहारीले वास्ता नगरेपछि समस्या आएको हो ।

कुँवरले इनार खनिरहेको समय (०७५ वैशाख ९)मा पोखरा लेखनाथ महानगरमा अनिल थापाले आमा शान्ति थापाको नाउँबाट उजुरी दिएर बिना स्वीकृतिको संरचना निर्माण रोक लगाई छिमेकीलाई पर्न जाने समस्या सम्बोधन गर्न ध्यानाकर्षण गराउँदा सेमत महानगर र वडा कार्यालयबाट ठोस कदम चालिएको छैन् ।

बिना इजाजत निर्माण हुन लागेको इनार निर्माण कार्य रोक्न लिखित उजुरी मेयर समक्ष प्रस्तुत ।

‘घर धनी राधा कुँवर (कार्की) हाल अमेरिकामा छन्,’ थापाले भने, ‘घर धनी कुँवरकै दिदी शान्ति कुँवर सोही स्थानमा बस्ने हुँदा उनले बहिनीको घरको रेखदेख जिम्मा लिएकी हुन् ।’

रेखदेख गर्न बसेकी शान्ति कुँवरले महानगरबाट संरचना थपको स्वीकृति बिना नै इनार खनिदिँदा आफ्नो घर वरपरीको भूधरातल कमजोर हुनसक्ने पक्षलाई कुनै हेक्का नराखी इनार बनाउँदा घर नै जोखिममा पारेको उनले बताए ।

‘मैले यस सम्बन्धमा इनार खन्दै गर्दा गएको वैशाख ९ गते महानगरका मेयर समक्ष निवेदन मार्फत जानकारी गराएको थिए,’ उनले भने, ‘त्यसपछि समस्या समाधानको लागि भनेर वडा–६, का वडाध्यक्ष जगत पहारीलाई अनुरोध सहितको महानगरले पत्र काट्यो । छलफलका लागि वडाध्यक्ष पहारीले बैठकमा बोलाए पनि विषय वस्तु वेगरको झै–झगडा भयो, निश्कर्षमा पुग्न सकेन् ।’

विवाद समाधानका लागि महानगरबाट वडा कार्यालय ६ लाई काटिएको पत्र ।

वडाध्यक्षले बोलाएको त्रिपक्षीय बैठकमा वडाध्यक्षले आफ्नो समस्या प्रति गम्भीर भएर नसोचिदिँदा विषयले बैठकमा प्रवेश नै नपाएको पीडित थापाले बताए ।

महानगरमा लिखित उजुरी दिएका थापाले तत्कालै नगर प्रहरीको सहयोगमा केही बेर निर्माण कार्य रोकिए पनि संधियाराको असहमति हुँदा हुँदै सबैलाई तक्मा दिने गरी कुँवरले रातको समयमा काम सम्पन्न गरेको थापाले बताए ।

संधियारा र नगर प्रहरीको आँखा छल्न रातको समयमा सिमेन्टेड रिङ ल्याइएको ।

‘दिउँसो सबैले देख्ने डरले गर्दा रातको समयमा काम भयो,’ पीडित थापाले भने, ‘रातको समयमा काम गरेर सक्न लाए, तालको छेउ भूबनोट सबै पक्षलाई ख्याल गरी इनार खन्न दिनु भएन भनी वडाध्यक्ष पहारीलाई जानकारी गराए । तर सुनुवाई भएको छैन् ।’

रातको समयमा लाइट बालेर इनारका लागि सिमेन्टेड रिङ ल्याएर राखिएको भिडियो थापाले ताण्डव न्यूजलाई उपलब्ध गराएका छन् ।

बनिसकेको कुरा केही गर्न सकिदैंन : वडाध्यक्ष पहारी

संधियारालाई समस्या पर्ने गरी इनार खनिएको भन्ने गुनासो महानगर हुँदै वडा कार्यालयमा समेत आएको वडाध्यक्ष जगत पहारीले बताए ।

‘काम सकिएपछि उहाँहरु उजुरी लिएर आउनुभयो,’ वडाध्यक्ष पहारीले भने, ‘खनिन्जेल के हेरेर बसेका थिए र ? पछि केही कुरामा सहमति मिलेन् होला अनि महानगर धाएका हुन् ।’

फेवातालको आसपासमा बन्ने संरचना एक त महानगरबाट स्वीकृत लिइएको छैन् ? भैपरी आउने संकटको न्यूनिकरणका लागि वडाको नियमन भूमिका के रहन्छ भन्ने हाम्रो प्रश्नमा वडाध्यक्षले भने, ‘वडाले केही गर्न सक्दैन्, संरचना बनि सक्यो, अब हामीले गर्ने भनेको संधियारालाई मिलाइदिने हो, भैपरी आउने संकटको क्षतिपूर्ति भर्नुपर्ने कागजात गराउन सक्छौं ।’

पोखरा लेखनाथ महानगर वडा कार्यालय ६ बाट इनार खन्दै गरेको समयमा फिल्ड निरिक्षणमा गएका कर्मचारीहरु

वडाध्यक्ष पहारीलाई शान्ति कुँवरले इनार खन्दै गर्दा पीडित बनेका अनिल थापाले पटक पटक लिखित वा मौखिक जानकारी गराउँदा समेत चासो देखाएका छैनन् ।

वडाबाट कर्मचारीहरुले खनिरहेकै समयमा निरिक्षण गरेको भएपनि वडाध्यक्षनै गैरजिम्मेवार बनिदिँदा समस्या समाधान हुन नसकेको थापाले आरोप लगाए ।

वडा नम्बर ६ की सदस्य पुष्पा घले पहारीलाई ताण्डव न्यूजले सम्पर्क गर्दा पीडित थापाले दर्ता गरेको उजुरी जाहेज भएको बताइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.