www.tandavnews.com
Fact ~ In search of truth

नाजिर हुसेनकाे ‘कुरुप हाँस’ पोखरामा मञ्चन हुँदै

पोखरा,
ताण्डव न्यूज ।

नाजिर हुसेनद्धारा निर्देशित नाटक ‘कुरुप हाँस’ पोखरामा मञ्चन हुने भएको छ । यसअघि वैशाख २८ देखि जेठ २० गतेसम्म काठमाडौंस्थित मण्डला नाटकघरमा मञ्चन भएको नाटक पोखरामा यही असार १ गतेदेखि ३ गतेसम्म मञ्चन हुँदैछ ।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने नाटक डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा ‘द अग्ली डक्लिङ’ मा आधारित नाटक हो ।

Batas

नाटकमा सेतो हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी र यात्राका क्रममा भेटिनेहरुले गर्ने अपहेलना र विभेद देखाइएको छ । नाटकमा कन्टेम्प्ररी डान्स फर्मको प्रयोग गरिएको निर्देशक एवं नाटक परिकल्पनाकार नाजिर हुसेनले बताए ।

‘नाटकमा संवादको प्रयोग छैन्,’ उनले भने, ‘यो एउटा विडम्बनाको कथा र प्रस्तुति हो ।’ कथाको केन्द्रमा हाँस भएपनि हाम्रो समाजमा मान्छेले मान्छेलाई नै रुप, रंग वा जात, धर्म, लिंगका आधारमा गरिने विभेद संकेत नाटकमा गरिएको हुसेनले जानकारी दिए । उनले नाटकको कथामा आफू र आफ्ना भोगाइहरु महसुस गरेको बताए ।

साँगीतिक नाटकाम कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्र्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ । अनुप न्यौपानेको मञ्च व्यवस्थापन रहेको नाटकमा प्रकाश सुदिप खतिवडाले र संगीत मिलन कार्कीले व्यवस्थापन गर्ने जनाइएको छ ।

एक घण्टा १० मिनेट लामो नाटक दिउसो १ बजे र साँझ ५ः३० बजे नियमित मञ्चन हुने जनाइएको छ । नाटक हेर्नको लागि विद्यार्थीलाई दुई सय र जेनेरल पाँच र एक हजार रुपैयाँको टिकट रहेको छ । पोखराका लागि फ्लोरेन्स कार्कीले कार्यक्रम संयोजन गरेकी हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.