www.tandavnews.com
Fact ~ In search of truth

अटो वक्सले पेश गरेको प्रमाण सिडिओद्वारा अस्वीकार

पोखरा
ताण्डव न्यूज ।

कालो बजारीको आरोप लागेको विश्वकर्मा अटो वक्सले आफ्नो सफाई पाउनका लागि पेश गरेको (प्रमाण) बिल प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अस्वीकार गरेका छन् ।

पोखरा लेखनाथ–९ नयाँबजारमा रहेको यामाहा कम्पनीको सो रुममा संचालन भएको विश्वकर्मा अटो वक्सलाई जेठ १८ गते कालो बजारी गरेको आरोप लागे पछि जिल्ला प्रशासन कार्यालय कास्की तानिएकाे हाे । जिल्ला अनुगमन समितिको टोली अटो वर्कमै पुगेपछि कालो बजारीको पर्दा फास भएको थियो ।

Batas

त्यसपछि अटो वक्स जेठ २० गते पहिलो चरणमा तारिख धाएकाे थियाे । आज अटो वक्सले आफ्नो सफाईका लागि विश्वकर्मा अटो वक्स मोरङको बिल पेश गरेको थियो । तर त्यस बिललाई अस्वीकार गर्दै अटो वक्सलाई पुनः आधार प्रमाण खुल्ने बिल सहित असार १२ गते बोलाइएको छ ।

अनुसन्धानमा कुनै कमिकमजाेरी नरहने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले ताण्डव न्यूजलाइ बताए । ‘अटो वक्सले मोरङको बिल पेश गरेका थियो’ उनले भने, ‘अटो वक्सले आफूले कतिमा खरिद गरेको बिल मात्र देखाएर हुँदैन । भन्सार लगायत अन्य ठाँउमा तिरेको बिल सहित पेश हुन भनेको छु ।’

जेठ १८ गते अटो वक्सले तोकिएको मूल्य भन्दा धेरै मूल्यमा सामान बेचेको थियो ।

ग्राहकले किनेको समानको भारतीय मूल्य (प्रिन्टेड मूल्य) १ हजार ८ सय ३४ आइसी छ । जस अनुसार नेपाली मूल्य २ हजार ९ सय ३४ पर्छ ।

सो सामानमा १३ प्रतिशत भ्याट जोड्दा ३ हजार ३ सय १५ हुन आउँछ । उक्त सामानमा २० प्रतिशत मुनाफा मूल्य राखी ग्राहकलाई विक्री गर्दा जम्मा ग्राहकले ३ हजार ९ सय ७८ रुपैयाँसम्म तिर्नु पर्ने हो ।

तर अटो वर्कले ५ हजार ५ सय रुपैयाँ लिएको प्रमाण फेला परेको छ । सिधा रुपमा हेर्दा पनि अटो वर्कले सो सामानको मूल्यमा १ हजार ५ सय रुपैयाँ ठगि गरेको देखिन्छ ।

उल्लिखित कारणले गर्दा अटो वक्सको ठगि धन्दा विरुद्ध उक्त सामान खरिद गरेका ग्राहकले जिल्ला अनुगमन समितिलाई कारवाही गरि पाउँ भनी उजुरी समेत दिएका हुन् ।

उजुरीकै आधारमा अनुगमन टोली र उपभोक्ता मञ्च कास्कीले प्रहरीलाई खबर गरेको थियो । प्रहरीको टोली सहित उनीहरु पनि जाँदा अटो वर्कले धेरै जसो समानको प्रिन्टेड मूल्य कालो मसिले केरेर आफ्नो मनोमानी मूल्यमा विक्री गरेको पाइयो । त्यसपछि सामानसहित कार्यरत कर्मचारीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा तानिएको हो ।

सामानकै मुचुल्का उठाएकै बेला अर्का एक जना ग्राहक पनि ठगिएको भन्दै आई पुगे । उनले ३ सय ४ रुपैयाँ आइसी मूल्य भएको सामानलाई १ हजार ३ सय ७१ तिरेको बिल देखाए ।

उक्त सामानको नेपाली मूल्य ४ सय ८६ हुन आउँछ । जसमा भ्याट जोड्दा ५ सय ४९ पर्छ । २० प्रतिशत मुनाफा जोड्दा समेत ग्राहकलाई विक्री उपयुक्त मूल्य ६ सय ५८ हुन आउँछ ।

तर अटो वक्सले १ हजार ३ सय ७१ रुपैयाँमा बेचेको छ । जस अनुसार सो सामानमा वक्सले ७ सय १२ रुपैयाँ बढी लिएर ठगि भएको दाबि ग्राहकले गरेका छन् । ग्राहकको गुनासो अनुसार कालोबजारीमा कारवाही प्रक्रिया अघि बढेको हो ।

याे पनि पढ्नुहाेस् ।

विश्वकर्मा अटो वक्सको कालोबजारी स–प्रमाण

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.