www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडमा ‘ओमी अस्सी’को बडी सस्पेन्सन

माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।

गर्मी नै छ पोखराको मौसम ।

बोत्तलमा राखिएको पानी एक सासमै सक्छन्, शिरदेखि पाउसम्म ट्याटु खोपेका ‘ओमी अस्सी’ । यताउति हिँड्छन् । शरीरमा उर्जा निकाल्नका लागि हुनुपर्छ, जुस लिन्छन् ।

Batas

घडिले ६ बजाउँनै लाग्दा मंगलबार लेकसाइडको फ्रिडम क्याफेको माहौल सधैंको भन्दा फरक छ । अधिकांश विदेशी पर्यटक उपस्थित छन् । ड्रिंक्स र स्न्याक्समा रमिरहेका उनीहरु एक विशेष कार्य हेर्न आतुर छन् ।

अघिसम्म यताउती डुलिरहेका ओमी कुर्सीमा आफूलाई कम्फर्टेबल गराउँछन् । ‘डेभिल्स ट्याटु एण्ड बढी सस्पेन्सन’का भुवन थापा हुक लिएर ओमीको ढाड छेड्न शुरु गर्छन् ।

लेवनानका ओमीले मंगलबार बडी सस्पेन्सनको तयारी गर्दे थिए । शरीरको कुनै भागको छालामा हुक अड्काएर डोरीमा झुण्डिएर हल्लिनु बडी सस्पेन्सनको हिस्सा हो ।

ओमी यसैको तयारी गर्दैछन् ।

डेभिल्स ट्याटुका भुवन थापाले ओमीको ढाडमा दुई वटा हुक अड्काइदिएपछि उनलाई डोरीमा झुण्डाइन्छ ।

करिब ७ मिनेट उनी ढाडको छालामा अड्काइएको २ वटा हुकले अडिएर झुण्डिन्छन् ।

७ मिनेट पछि दुवै हातले चियर्स सिम्बोलाइज गर्दै हुक फुकालेर खुसी बाँड्छन् ।

१० जनाको बडी सस्पेन्सन गराए डेभिल्सका भुवनले

मंगलबार ओमीले गरेसँगै भुवनले बडी सस्पेन्सन गराएका व्यक्तिको संख्या १० पुगेको छ । भन्छन् ‘ओमीले गरेसँगै १० जना भयो । इच्छुकहरु धेरै छन् ।’

बडी सस्पेन्सन गरेबापत प्रतिव्यक्ति उनले ७० डलर लिने गरेका छन् । कुनै–कुनै व्यक्ति खुसी भएर १५० डलर पाएको उनी सुनाउँछन् । ‘नर्मल स्टार्टिङ कस्ट भनेको ७० डलर हो । केही विदेशीहरु खुसी भएर १५० डलर सम्म दिएका छन् ’ उनले भने ।

त्यसो त भुवन स्वयंलाई सन् २०११ मा बडी सस्पेन्सन गरेको अनुभव छ । उक्त कार्य गर्नु अघि मदिरा वा कुनै नशालु पदार्थ खान पाइदैंन । यि सबै कुरालाई मध्यनजर गर्दै उनले सो गर्दै आइरहेका छन् ।

पछिल्लो समय नेपालीहरु पनि बडी सस्पेन्सनको लागि इच्छुक देखिएको भुवनले बताए ।

‘अहिलेसम्म अधिकांश त विदेशिहरु नै छन् । तर नेपालीहरु पनि बढी इच्छुक देखिएका छन्’, उनले भने ‘नेपालीहरुको लिस्ट पनि लामै छ, बडी सस्पेन्सनका लागि ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.