www.tandavnews.com
Fact ~ In search of truth

विश्वकप फुटबलमा लिग चरणका खेल सकिंदै

काठमाडौं ।

विश्वकप फुटबलमा आज लिग चरणका खेल सकिंदैछन् ।

आज समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ ।

Batas

आज बेलुकी पौने ७ बजे समूह एच का दुई खेल हुनेछन् । भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ ।

यो समूहका सुरुवाती दुई खेलबाट ४ अंक जोडेको जापान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सेनेगलको पनि ४ अंक नै छ ।

३ अंक जोडेको कोलम्बिया पनि अर्को चरणमा उक्लिने होडमा छ ।

पोल्यान्ड भने बाहिरिइसकेको छ । अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि आजको खेल बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ ।

आजै राति पौने १२ बजे समूह जी का दुई खेल हुनेछन् ।

कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्दा मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ ।

समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन् । दुई टोलीबीच आज हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.