दाङ (रासस)
मूल्य वृद्धि फिर्तालगायत माग राख्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले तुलसीपुरमा आज तीनवटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार विद्यार्थीहरुले अदुवा अनुसन्धान केन्द्र सल्यानको बा२झ ३०७०, जिल्ला प्राविधिक कार्यालय रुकुमको बा१झ ८४२२ तथा आन्तरिक राजश्व कार्यालय तुलसीपुरको मोटरसाइकल तोडफोड गरेका छन् ।
गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दंगिशरण गाउँपालिका–७ का प्रकाश चौधरीलाई पक्राउ गरेको छ । नेवि संघले केन्द्रीय कार्यक्रम अनुसार आज जिल्लामा सरकारी कार्यालयका गाडी सञ्चालनमा रोक लगाएको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।