www.tandavnews.com
Fact ~ In search of truth

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजपनि बस्दै

काठमाण्डौं,
ताण्डव न्यूज ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

हिजोबाट सुरु भएको बैठकमा विभिन्न विषयमा छलफल हुने क्रम जारी छ । केन्द्रीय कमिटी आज बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।

Batas

यसअघि, हिजोको बैठकबाट पार्टीको तर्फबाट मन्त्री पदमा रहेका नेताहरूलाई मन्त्री पद त्यागेर फिर्ता हुन पार्टी केन्द्रीय कार्यालयले निर्देशन दिने भन्दै गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

अन्य पार्टीमा रहेका केन्द्रिय कमिटीका सदस्यहरूलाई पनि आफ्नो स्थिति सार्वजनिक गर्न दिएको निर्देशनलाई समेत अनुमोदन गर्ने बैठकले निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले सरकारमा रहेका पार्टीका पदाधिकारीलाई फिर्ता बोलाइएपनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नभएको पनि प्रस्ट पारे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.