www.tandavnews.com
Fact ~ In search of truth

सिद्धार्थ इन्स्योरेन्सलाई कारवाही हुन सक्छ : बीमा समिति

पोखरा
ताण्डव न्यूज ।

स्थलगत मुल्याङकन नगरी खाली सटरको बीमा गर्ने सिद्धार्थ इन्स्योरेन्सलाई कारवाही हुन सक्ने बीमा समितिले जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्स पोखरा शाखाले पोखरा–४ सिद्धार्थ कम्प्लेक्स उज्यालो बजारमा रहेको खाली सटरको व्यवसायी गरेको भन्दै अन्धाधुन्दा बीमा गराएको खुलेको हो ।

Batas

बजारमा रहेको ३० वटा सटर मध्ये ७ वटा बाहेक अन्य खाली सटरमा विभिन्न व्यवसायी गरेको भन्दै १ करोड ५० लाख रुपैयाँको बीमा गराइएको थियो ।

त्यति मात्र होइन व्यवसायी वा कुनै संस्थाले बीमा गराउदा पान वा भ्याटको कागजात पेश गर्नुपर्ने थियो त्यो पनि पेश नगरी फारममा खाली ठाँउ राखेर विमा गराएको पाइएको हो । प्रक्रिया पूरा नगरी बीमा गराएको पाइएमा कारवाही हुने बीमा समितिका सहायक निर्देशक ओम अधिकारीले बताए । ‘मनपरी बीमा गर्न पाइदैन,’ उनले भने, ‘गलत गरे कडा कारवाही हुन्छ ।’

बीमा सम्बन्धी नियमको बारेमा सहायक निर्देशक अधिकारीलाई फोन मार्फत ताण्डव न्यूजले कुरा गर्न खोज्दा उप–निर्देशक ताम्बराज लामिछानेलाई फोन दिए ।

उप–निर्देशक लामिछानेका अनुसार प्रक्रिया पूरा नगरी बीमा गराउने कम्पनीलाई हदैसम्मको कारवाही हुनेछ । ‘सेवा नै बन्द गराउनेदेखि, लाइसेन्स खारेज हुन सक्छ,’ उनले भने, ‘ बीमा कम्पनीले प्रक्रिया पूरा गर्नैपर्छ ।’

बीमा गराउँदा सबै विवरण खुलाउनु पर्ने उनले बताए । ‘खाली सटरमा सामानको मात्र पनि बीमा हुन्छ तर सामान छ भनेर राख्दै नराखेको व्यवसायी देखाउन मिल्दैन,’ उनले भने, ‘यदी गरेको छ भने त्यो गलत काम हो ।’

केही बीमा कम्पनीले गलत गरेको पाइएको उनले सुनाए । ‘कम्पनीको कर्मचारी मिलेर गरेको घटनाहरु धेरै छन्,’ उनले भने, ‘ बीमा पाउने नाममा यस्ता घटनाहरु घटेका छन् त्यही भएर कम्पनीको जिम्मेवार व्यक्तिनै सचेत हुनुपर्छ ।’

उज्यालो बजार प्रतिष्ठान अध्यक्ष पार्वतीकुमारी शर्माले फागुनको १८ गते सिद्धार्थ इन्स्योरेन्स पोखरा शाखामा ३० वटा सटरको बीमा गराएकी थिइन् ।

जबकी उनले बीमा गराएको अधिकांश सटरहरु बीमा गराउनुभन्दा दुई महिना अघि पुसमै खाली भएको कम्प्लेक्स सञ्चालक राजेश पराजुलीले जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी दिएका छन् ।

यही जेष्ठ २५ गते उज्यालो बजारमा आगलागी भएपछि घटना बाहिर आएको हो । सिद्धार्थ इन्स्योरेन्स पोखरा शाखामा फागुन १८ गते १ करोड ५० लाखको बीमा गरेको ३० वटा सटर मध्ये ७ वटा मात्र समान रहेको खुलास भएको हो । अन्यमा भने पुसदेखिनै सटर खाली भएको कम्प्लेक्सका सञ्चालक पराजुलीको भनाई छ । ‘उज्यालो प्रतिष्ठानले २०७४ जेष्ठ २१ गतेदेखि ३० वटा सटर लिएको थियो,’ उनले भने, ‘जसमध्ये पुसमा ११ वटा मात्र बाँकी भयो । बैशाख भित्र सबै खाली गर्ने भन्ने कुरा थियो । जेठमा आगो लाग्यो ।’

पार्वती फागुनमा सिद्धार्थ इन्स्योरेन्समा बीमा गराउको ३० वटा सटर मध्ये डि लाइनको ३ र ४ आफ्नो नपर्ने तर इन्स्योरेन्स गराएकी हुन ।

जुन सटरमा पार्वती आउनु अघिनै बटन शप र विजुली पसल थियो । तर उनले त्यसमा फेन्सी समान रहेको भन्दै १५ लाखको बीमा गराएकी थिइन् ।

डि को ६, ७ र ८ किराना र खाद्यन भनेर ४० लाखको बीमा गरेको जुन सटरमा विमा गर्दा ६ र ७ खाली थियो । डि को ९ र १० मा ५० लाखको बीमा गरिएको छ तर बीमा गराउदा त्यहाँ किराना पसल थियो ।

११ र १२ मा होटलको समानको १० लाखको बीमा गरिएको थियो त्यो वेला त्यहा होटल सञ्चालन थिएन तर केही समान मात्र थियो ।

डि १३ नम्बर सटरमा डेरी पसल भनी ३ लाखको विमा गरिएको र १४ मा फ्रेस हाउस उल्लेख गरेर ३ लाखको बीमा गरिएको तर बीमा गर्दा त्यहाँ होटलको सामान मात्र राखिएको थियो ।

सि लाइनको ५ र ६ मा टेलर भनेर २ लाखको बीमा गरिएको थियो जुन सटर बीमा गर्दा खाली थियो अहिले बरु ५ नम्बर सटरमा टेलरनै छ ।

सि लाइनकै ७ नम्बर सटर देखि ११ सम्म फलफूल तरकारी पसल भनी ७ लाखको बीमा गरिएको थियो तर पुसदेखिनै खाली रहेका ति सटरमा अहिले पनि फलामका स्टेन मात्र छन् ।

वि लाइनको ५ देखि १२ सम्म पनि फलफूल तरकारी भनि ११ लाखको विमा गरिएको थियो बीमा गर्नु अघिदेखिनै खाली रहेको सटर आगलागी हुँदापनि खालीनै थियो ।

सि लाइनकै १२ र १३ मा डेरी भनेर ५ लाखको बीमा गरिएको थियो जुन सटर डेरीले पुसमै छाडेको थियो । सि लाइनको १४ र १५ फ्रेस हाउस भनेर ४ लाख बराबरको बीमा गरिएको त्यो वेलामा खाली रहेको थियो ।

यो पनि पढ्नुहोस्

खाली सटर ! करोडको इन्स्योरेन्स कसरी ?

उज्यालो बजार काण्डमा पक्राउ परिन् पार्वती

आगो लागेको कि लगाइएको ? घटना जटिल बन्दै

उज्यालो बजारको आगलागीमा अाशंका

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.