www.tandavnews.com
Fact ~ In search of truth

हाैसला प्रदान गर्न सांसद गुरुङले भेटिन् खेलाडी

पोखरा ।

दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिन पोखरामा प्रशिक्षण गरि रहेका सितोरियो करातेका खेलाडीसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश संसद ललित कला गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य यमकुमारी गुरुङ (अस्मीता) तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कावा अध्यक्ष सम्पन्न श्रेष्ठ र कास्की जिल्ला खेलकुद विकास समितिका कोषध्यक्ष दीपक गोदार, सितोरियो करो संघ कास्कीका अध्यक्ष सुरेन्द्र गुरुङ, उपाध्यक्ष जीवन मल्लले खेलाडीलाई भेटेर होसला दिएका हुन् ।

Batas

संसद गुरुङले खेलाडीलाई राम्रोसँग प्रशिक्षण लिन आग्रह गरिन् । ‘तपाईहरुले प्रशिक्षणको वेला गरेको परिश्रमले देशको झण्डा लहराउने छ,’ उनले भनिन्, ‘ देश चिनाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलको छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.