www.tandavnews.com
Fact ~ In search of truth

पोखरेली पर्यटन व्यवसायीको विहारी जनतालाई आग्रह : गर्मी छल्न पोखरा आउनुस्

पोखरा ।

पोखरेली पर्यटन व्यवसायी पर्यटन प्रवद्र्धनका लागि भारतको विहार राज्यको राजधानी पटना आईपुगेका छन् ।

गर्मी ठाउँ विहार तथा आसपासका विहारी नागरिकलाई गर्मी छल्न पोखरा बोलाउनका लागि चलिए पोखरा अभियान लिएर नेपाल पर्यटन वोर्डको सहयोग तथा पश्चिमाञ्चल होटल संघको आयोजनामा उनीहरु पट्ना पुगेका हुन् । अभियान अन्तर्गत प्रदेशको राजधानी लखनउसमेत पुग्नेछन् ।

Batas

यसैबीच, टोलीले विहीबार पट्नामा पत्रकार भेटघाट गरी चलिए पोखराको औपचारिक जानकारी गराएका छन् । गर्मी छल्नका लागि भारतीय नागरिकको उपयुक्त गन्तव्य पोखरा हुने बताउँदै उनीहरुले भारतीय रुपैयाँ ३ हजारदेखी १३ हजार सम्मको प्याकेज सार्वजनिक गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पोखरा सेप्टेम्बरदेखी फेव्रअरीसम्म उपयुक्त ठाउँ भएपनि भारतीय पर्यटकका लागि रेनी सिजन (वर्षा हुने समय) पनि उपयुक्त हने बताए ।

उनले पोखरा विहारदेखी नजिक हुनुका साथै सुन्दर र ऐतिहासिक तथा धार्मिक सबै हिसाबले विहारी नागरिकका लागि उपयुक्त गन्तव्य भएको बताए । उनले नारायणगढ–मुग्लीन सडक बनेर सहज भइसकेकाले अब सहजै पोखरा पुग्न सकिने भन्दै विहारी नागरिकलाई गर्मी छल्नका लागि पोखरा आउन अपिल गरे ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले विहारी नागरिकलाई गर्मी छल्नका लागि पोखरा आउनका लागि आग्रह गर्न आफूहरु पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आफूहरु विहार आइपुगेको बताए । उनले धर्म, संस्कृति पनि मिल्दो जुल्दो भएको बताउँदै पोखरा आउन आग्रह गरे ।

टुरिजम एशोसियसन विहारका अध्यक्ष सञ्जय शर्माले विहार जनताको लागि सस्तो र राम्रो भएकाले पोखरा सबैभन्दा राम्रो गन्तव्य भएको बताए । विहारी नागरिक वैंकक सिंगापुर जाने गरेको बताउँदै उक्त रकमले पोखरामा परिवार सबैलाई पुग्ने भएकाले यो उपयुक्त गन्तव्य हुने उनको भनाई छ ।

शर्माले नेपालमा भारतीय पर्यटकलाई सीमा नाकामा धेरै नै दुःख दिने, अपमान गर्ने तथा झञ्झट लगाउने गुनासो गर्दै अब भारतीय पर्यटक बसमा गएका पर्यटकलाई जुनसुकै सहरमा निर्धक्क जाने र एकपटक कर तिरेपछि अन्य ठाउँमा कर नलाग्ने गरेमा भारतीय पर्यटक नेपालमा आकर्षित हुने बताए । उनले पटनादेखी पोखरा सिधा हवाई यात्रा सञ्चालन गर्न सके पर्यटको बृद्धि हुने विश्वास गरे । साथै उनले पोखराका होटलको रेट बढी भएको औंल्याउँदै त्यो रेट कायम रहे नेपालको सट्टा थाइल्याण्ड जानसक्ने भन्दै केहि रकम घटाउन व्यवसायीलाई सुझाव दिए ।

पटनाका पर्यटन व्यवसायी गौरव कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ गएपछि विहारी नागरिकको चासो बढेको र जाने चाहना व्यक्त गर्नेगरेको बताउँदै सोहि मेसोमा पोखरा पनि आकर्षणको केन्द्र बन्ने बताए ।

उनले पटना–पोखरा हवाई यात्रा शुरु भएमा १० देखी १५ प्रतिशत पर्यटक बृद्धि हुने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.