www.tandavnews.com
Fact ~ In search of truth

गीजाबाट रगत बग्ने समस्या र बच्ने उपायहरु

पाेखरा
ताण्डव न्यूज । 

मुख भित्र दाँतको जरा, हड्डीलाई ह ल्का रातो वा गुलाबी नरम छालाले छोपेको भागलाई गीजा भनिन्छ । गीजामा सुन्तलाको बोक्रमा जस्तो सानो सानो खाल्टाखुल्टी देखिन्छ । उमेर, वर्ण, लिंग अनुसार गीजाको रंग केही फरक हुन सक्छ ।

सामान्यतया बच्चामा अलि रातो गीजा हुन्छ भने उमेर बढ्दै गएपछि गुलाबी रंगको गीजा हुन्छ । कालो वर्ण भएको मानिसमा गीजा कालो हुने र गोरो वर्ण भएकामा गुुलावी गीजा देखिन्छ । प्राय धुम्रपान गर्ने व्यक्तिमा चुरोटमा भएको निकोटीनले गर्दा गीजाको रंग कालो हुने हुन्छ । गीजा तथा दाँत फोहोर भएमा गीजा सुनिने समस्या हुन्छ ।

Batas

सुनिएको गीजा एकदम रातो देखिने र सामान्य बल प्रयोग गरी दाँत माझ्दा पनि ब्रसमा रगत देखिने हुन्छ जसलाई gingivits भनिन्छ । सुनिने र रगत बग्ने गीजाको सममै उपचार नगर्दा दाँत वरपरका हड्डीमा असर पर्न गइ दाँत हल्लने र उमेरभन्दा चाडै दाँत झरेर जाने, दाँत गीजामा पिप पर्ने, सास गन्हाउने समस्या हुन्छ जसलाई पाइरिया पनि भनिन्छ ।

गीजाको समस्याबाट बच्ने उपायहरु
– खाना खाएपछि कम्तिमा दिनको २ पटक ब्रस गर्ने
– केही खानेकुरा खाएपछि मुख कुल्ला गर्ने
– रेसादार खानेकुराहरु (हरियो सागसब्जी, फलफुल) खाने
– सुगरका विरामीहरुले खानपानमा सुधार गर्ने र रगतमा सुगरको मात्रा मिलाउने
– सके प्रत्येक ६ महिनामा नसके कम्तिमा १ वर्षमा आफ्नो दाँत, गीजा, दन्तरोग विशेषज्ञ वा हाइजेनिष्ट रोगबाट सफा गराउने ।

फोहोर गीजा र यसबाट हुने समस्याहरु

– गीजा सुनिएर सामान्यता भन्दा ठूलो देखिने
– गहिरो वा कडा रातो गीजा देखिने
– ब्रस गर्दा वा फ्लस गर्दा मुख कुल्ला गर्दा रगत देखिने
– सास गन्हाउने
– गीजा दाँतको जरा तिर सर्दै जाने
– गीजा दुख्ने समस्या
– गीजा सुनिएर रगत बग्नुको मुख्य कारण दाँत र गीजा फोहोर हुनु हो । कम्तिमा दिनको दुई पटक दाँत नमाझ्नु र मुख भित्र फोहोर लामो समयसम्म रहेर यस्तो समस्या देखिन्छ ।

कस्तो अवस्थामा गीजा सुनिन्छ ?

– मुख तथा दाँतको सरसफाइमा हेलचक्रार्य गरेमा
– चुरोट र सुर्तिको प्रयोग गरेमा
– बुड्यौली अवस्थामा
– मुख सुख्खा भएमा
– पौष्टिक खानाको कमी भएमा
– भिटामिन सी को कमी भएमा
– नमिलेका दाँत भएमा
– नमिलेका नक्कली दाँत लगाएमा र त्यसको सरसफाइ नगरेमा
– रगतको क्यान्स, एचआइभी एड्स
– औषधीको प्रयोग जस्तै प्रेसर न नसाको औषधी प्रयोग गर्ने अवस्थामा
– गर्भवती अवस्थामा
– बंशाणुगत

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.