www.tandavnews.com
Fact ~ In search of truth

पोखरा थिएटरमा ‘अटलबहादुरको आतं‌क’

पोखरा,
ताण्डव न्यूज

कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछाने निर्देशित ‘अटलबहादुरको आतं‌क’ नाटक मञ्चनको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा थिएटरद्धारा सञ्चालित गन्धर्व नाटकघरमा साउन ७ गतेदेखि १६ गतेसम्म नाटक मञ्चन हुनेछ ।

सामाजिक विषयको नाटक भएकोले पोखरेली दर्शकले रुचाउने निर्देशक खगेन्द्र लामिछाने बताउँछन् । ‘पोखरामा नाटक घर निर्माण गर्ने मेरो पनि सपना थियो । त्यही सपनामा इट्टा थप्न आएको हुँ,’ उनले भने, ‘जीवनमै पहिलो पल्ट नाटक पोखरामै हेरेको, खलेको हुँदा आज आफैले लेखेको नाटक लिएर आउँदा धेरै वर्षपछि घर फर्केजस्तो लाछ ।’

Batas

नाटकले समाज, राजनीति परिवेशमा व्यंग गरेको उनले बताए । ‘मिली बसेको समाजले कुनै तत्वले बिगार्ने सक्छ भन्ने सन्देश नाटकले दिन खोजेको छ,’ उनले थपे । उनको निर्देशन गरेको यो पाचौं नाटक हो ।

अटलबहादुरको भूमिका देखिएका माओत्से गुरुङले नाटक निकै उत्कृष्ट बनेको सुनाए । उनले पोखरेली नाटकमा अब नयाँ कलाकारको आवश्यकता परेको औल्याए ।

नाटकमा ‘गुमानसिंह’को पात्रमा देखिने कलाकार प्रकाश घिमिरे पोखरेली रंगमञ्चमा निरन्तर नाटक गरिरहँदा मज्जा लागेको अनुभव सुनाए । ‘पुराना नयाँ कलाकार साथीहरु आउनुभएको छ, यसले हामीलाई पनि हौसाएको छ,’ उनले भने । पोखरा थिएटरको आफ्नै प्रस्तुतिको रुपमा मञ्चन हुने ‘अटलबहादुरको आतंक’ तेस्रो नाटक हो ।

यसअघि ‘सिरुमारानी र बितेका कुरा’ मञ्चन भइसकेका थिए । झन्डैडेढ घण्टा लामो नाटक अटलबहादुरको आतंकमा माओत्से गुरुङ, प्रकाश घिमिरे, गोविन्दरमण पराजुली, वर्षाकेशव पराजुली, विभु भुसाल, दिलप्रसाद गुरुङ, बबिता मल्ल ठकुरी, प्रमिला तुलाचन, विश्वराज पौडेल, अञ्जु दाहाल, सूर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, धुर्व रोका, धिरेन्द्र पुन र प्रतिक घिमिरेको अभिनय देख्न सकिनेछ ।

नाटक हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजेपनि मञ्चन हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.