www.tandavnews.com
Fact ~ In search of truth

ललित सहित १० जना टोले गुण्डा जेल चलान

पोखरा
ताण्डव न्यूज ।

गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न टोले गुण्डाहरु जेल चलान भएका छन् ।

कास्की प्रहरीले तीन साता अघि पक्राउ गरेका १५ जना टोले गुण्डा मध्ये १० जना जेल चलान भएका हुन् ।

Batas

जिल्ला प्रशासन कार्यालय कास्कीले आज गरेको फैसला अनुसार टोले गुण्डा ललित गुरुङ लाई ६ महिना कैद सजाय र पच्चिस हजार जरिवाना तोकेको हो ।

त्यसैगरी चन्द्र गुरुङ, धनकुमार पुर्जा, कृष्ण रोकामगर, महेश अर्याल, प्रकाश गुरुङ, शनिराज डंगोल, पुनम गुरुङ, सरोज चापागाईलाई ४/४ महिना कैद सजाय र २५ हजार जरिवाना तोकेको छ भने सुमन श्रेष्ठलाई २ महिना जेल सजाय र २० हजार जरिवाना फैसला सुनाइएको हो ।

उनीहरु विरुद्ध गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याज अन्तर्गत मुद्धा चलाईएको थियो ।

सोही अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारले सो कैद सजाय निर्णय गरेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.