
नवलपरासी (रासस)
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना भएको बताएका छन् ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी त्रिवेणी गाउँपालिका–६ र ७ त्रिवेणी आइपुग्नुभएका मन्त्री गुरुङले आज बिहान स्थानीयवासीलाई भेटघाट क्रममा यस्तो बताएका हुन् ।

सो क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धिका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी आवश्यक काम अघि बढाइसकेको जानकारी दिए ।
यसै क्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणीको छोटी भन्सारसहित त्रिवेणीका समुदायका वैकल्पिक बाटोमा रुपमा रहेको त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिए।
त्रिवेणी धाम विकास सम्भावनासहित यसको चौतर्फी विकासबारे मुख्यमन्त्री गुरुङले स्थानीयवासीसँग जानकारी लिएका थिए । सो क्रममा स्थानीयबवासीले यस क्षेत्रको समस्या विषयमा मुख्यमन्त्री गुरुङलाई जानकारी गराएको त्रिवेणी गाउँपलिका डम्बरबहादुर जिशीले जानकारी दिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.