www.tandavnews.com
Fact ~ In search of truth

केबी राना र शान्ती गुरुङलाई ‘कन्चन पत्रकारिता’ पुरस्कार

ताण्डव न्यूज/ पोखरा ।

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकीले प्रदान गर्दै आएको कन्चन पत्रकारिता पुरस्कारबाट कास्कीका शान्ती गुरुङ र नवलपुरका केबी राना मगर पुरस्कृत भएका छन ।

फोनिजको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका बिच पत्रकारद्वय गुरुङ र राना सम्मानपत्र जनजाती पोषाक (घलेकर भाङ्ग्रा) सहित नगद २५ हजारबाट पुरस्कृत भएका हुन ।

Batas

पुरस्कृत द्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले पुरस्कृत गरे । पुरस्कृत गुरुङ रेडियो नेपालको क्षेत्रीय प्रशारण पोखराको समाचार प्रमुखको रुपमा कार्यरत छिन भने केबी राना देबचुली टेलिभिजन सन्चालन गर्दै आएका छन ।

अर्पण गरिएको उक्त पुरस्कार स्वर्गीय वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा व्यवसायी विमलमान गुभाजु तथा परिवारले स्थापना गरिएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.