www.tandavnews.com
Fact ~ In search of truth

अझै छाडेन गोरखा भूकम्पले, धादिङमा अाज पनि परकम्प

काठमाडौँ, (रासस)

धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ ।

बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Batas

यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो ।

केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.