www.tandavnews.com
Fact ~ In search of truth

फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा पारसको मृत्यु

चितवन (रासस)

भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका एक जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको ना ५३ प ९७८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ बस्ने १८ वर्षीय पारस खत्रीको मृत्यु भएको हो ।

Batas

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल सडकमा निस्किने क्रममा ट्र्याक्टरमा ठोक्किदा दुर्घटना भएको हो । खत्रीको चितवन मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार नवलपुर गैँडाकोट–७ बस्ने १९ वर्षीय सुरज परियार घाइते भएका छन् । घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । परियारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.