www.tandavnews.com
Fact ~ In search of truth

पुष्पलाल दिवसमा व्याडमिण्टन

पोखरा ।

४० औं पुष्पलाल दिवसको अवसरमा नेपाल राष्ट्रिय बाणिज्य संघ कास्की, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कास्की र उद्योग तथा व्यावसायिक महासंघ समन्वय समिति कास्कीको संयुक्त आयोजनामा तेश्रो पुष्पलाल स्मृती खुल्ला व्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।

यहि साउनको १२ देखि १४ गते सम्म पोखरा रंगशालामा हुने गण्डकी प्रदेश स्तरिय प्रतियोगितामा विभिन्न पाँच इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक यदुनाथ अधिकारीले जानकारी दिए ।

Batas

सबै इभेण्टमा डबल्सतर्फ प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा खुल्ला, पुष्पलाल ए, पुष्पलाल बि, ४५ र ५५ वर्ष माथिको भेट्रान्सतर्फ प्रतिस्पर्धा हुने उनले बताए ।

विजेता खेलाडीहरु क्रमश ः प्रथमले २० हजार, द्वितियले १५ हजार तथा तृतीयले नगद १० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तिब्र पारिएको नेपाल राष्ट्रिय बाणिज्य संघ, कास्कीका अध्यक्ष संजिवबहादुर कोइरालाले बताए ।

प्रतियोगितामा करिब सय टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ । युवा तथा खेलकुद मन्त्रि जगतबहादुर विश्वकर्माले प्रतियोगिताको शनिबार विहान उद्घाटन गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै ७ लाख ५० हजार खर्च लाग्ने आर्थिक समिति संयोजक प्रेम भुजेलले जानकारी दिए ।

कुटि रिसोर्ट प्रालि,लेकसाइडले प्रतियोगिताको मुख्य प्रायोजन तथा कास्की जिल्ला ब्याडमिण्टन संघले प्राविधिक सहयोग गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.